Rashtriya Dainik

भैरहवामा आग लागि हुदा ५ करोडको छति

ज्ञानेश्वर उपाध्याय / २७ असार,
भैरहवा ।
रुपन्देहीको भैरहवाको एक प्रतिष्ठित फोटो फ्रेमिङ्ग पसलमा आगो लागी हुदा ५ करोडको छती भएको छ । सिद्धार्थनगर नगरपालिका–८ नारायण पथमा भएको आगलागी नियन्त्रणमा आएको छ । तर, पूर्ण रुपमा आगो निभेको भने छैन । नारायण पथमा रहेको सुन्दर ग्लास हाउसमा शनिबार राति सवा नौ बजेदेखि आगो लागेको थियो । रातभर नियन्त्रणमा नआएको आगो आइतबार बिहान ५ बजे नियन्त्रणमा आएपनि अहिले आगो निभाउने काम भइरहेको छ ।
आगो नियन्त्रणका लागि २० भन्दा बढी दमकलको प्रयोग भएको छ भने शसस्त्र प्रहरी , नेपाली सेना र स्थानीयको सहभागिता रहेको छ । जिल्लाका भैरहवा, बुटवल, तिलोत्तमा, सैनामैना, लुम्बिनी, भैरहवा बिमानस्थल, नेपाल आयल निगममा रहेका दमकलका साथै छिमेकी जिल्लाहरु परासी, कपिलवस्तु र सुनवल नगरपालिका लगाएतका दमकलहरु सहभागी छन् ।

आगलागीबाट दुई तल्ले घर ध्वस्त भएको छ । प्लाइबोर्डको ठूलो गोदाम रहेको घरमा विद्युत सर्किट सर्ट भएर आगोलागी हुँदा सबै प्लाइबोर्ड नष्ट भएको छ । माथिल्लो तल्लामा सोही पसलधनीको परिवार बस्दै आएकोमा निजहरुको सकुशल उद्धार गरिएको थियो । घरमै रहेको नगद, मोटरसाइल, लगाएत गरि करिब ५ करोड बढी को क्षति भएको घरधनी सुन्दर अग्रहरीले जानकारी दिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित