राजन बानिया/पोखरिया २६ असार
पर्सा जिल्लाको छिपहरमाई गाउँपालिकालाई आज एक कार्यक्रमका बिच पुर्ण खोप घोषणा गरिएको छ।
यस गाउँपालिकामा रहेका २३ महिना मुनीका बालबालिकाहरुलाई स्वास्थ्य चौकी हरुमा रहेका महिला स्वयम सेविकाहरुको सहयोगमा स्वास्थ्यकर्मीहरुले घर—घरमै पुगी पुर्ण खोप लगाईसकेपछि छिपहरमाई गाउँपालिकालाई पुर्ण खोप घोषणा गरिएको हो।
स्थानिय स्वामित्व र सहभागिता’ पुर्ण खोप सुनिश्चित्ता हाम्रो प्रतिवद्धताको’ नारा साथ छिपहरमाई गाउँपालिका वडा नं ३ जयमंगलापुर वार्ड कार्यालयको प्रयाग्न मा भएको गापा पुर्ण खोप घोषणा गरिएको हो ।
छिपहरमाई गाउँपालिका स्वास्थ्य शाखाको अायोजना मा पुर्ण खोप घोषणा समारोह कार्यक्रममा प्रमुख अतिथि छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताले मम्बती बालेर उदघाटन गर्नु भएको थियोे साथै घोषणा पत्र पढेर पुर्ण खोप घोषणा गर्नु भएको थियोे। कोरोना महामारीको समयमा स्वास्थ्य कर्मीहरुले अाफ्नो जानको बाजी लगाएर घरघर गई खोप लगाई स्वास्थ्य सेवा दिएकोमा महिलास्वमसेबिका , स्वास्थ्य कर्मीहरुलाई धन्यवाद समेत दिनु भएको थियोे । अध्यक्ष गुप्ताले गापा पुर्णखोप घोषणा समारोहमालाई संबोधन गर्दै सबै भन्दा पहिला छोरी बिमा र कन्यादान राशी लिएरअाएको छु । अब छोरीहरुलाई बोझको रुपमा नलिन अाग्रह समेत गरेका हुन।छिपहरमाई गाउँपालिकामा जन्मने छोरीहरुको लागी स्वर्ण बिमा कार्यक्रम नेपालको पहिलो गाउँपालिकामा लागु गरेर ३६४ जना छोरी हरु लाई दुई लाख को बिमा खोलेको छु यसपाली पाच सय बिमा खोलने योजना रहेको छ।छोरी बिमाबाट बिस वर्ष पछी छोरीहरु शिक्षा तथा बिबाहमा ठुलो सहयोग पुगने छ। यो छोरी बिमा कार्यक्रम प्रदेश सरकार समेत छोरी पढाउ,छोरी बचाउ अभियान अन्तर्गत छोरी बिमा ४ लाख सम्म लागु गरेको छ। फेरी पहिलो चोटी एउटा नयाँ योजना लिएर अाएको छु कन्यादान राशी दिने गाउँपालिका मा रहेको गरिब ,दलित, बिपन परिवार हरु को छोरी को बिबाह मा गाउँपालिका ले २१ हजार देखि ५१ हजार सम्म को कन्यादान राशी घरमा पुगेर दिने घोषणा गर्नु भएको थियो।कन्यादान राशी बाट सो घर परिवार लाई धेरै नै सहयोग पुगने बताए । स्वास्थ्य ,शिक्षा र कृषि प्राथमिकता मा रहेको कारण प्रतेक वडा हरु मा बर्थिंग सेन्टर स्थतपना गरिसकेको र दुईटा वाडमा बर्थिंग सेन्टर स्थापना गर्न बाकी रहेको बताए ।छिपहरमाई गाउँपालिका को दुई वटा वडा मा बर्थिंग सेन्टर निर्माण को काम समपन हुनलागेको र छिटै बर्थिंग सेन्टर संचालनमा लयाउने छु। प्रतेक वाड का स्वास्थ्य संस्थाहरुमा एमबिबिएस डाक्टर र एम्बुलेन्स राखेर घर घर मा स्वास्थ्य सेवा पुर्तयाउन मेरो लक्ष्य रहेको छ।तपाई हरु को अाशिर्वाद र सहयोग रहेमा अब मेरो मिशन घर घर मा रोजगार र प्रतेक घर पकी बनाउने र साना किसानहरुको घर घरमा धुवामुक्त ग्यास चुलो र ग्यास सलेन्डर बितरण गरिने ,महिलाहरुलाई खाना बनाउदा कति दुख भोगनु परिरहेकोले महिलाहरुको चुलोफुकने धुवामुक्त गरिने प्रतिबधाता अध्यक्ष गुप्ताले गरे। अब छिपहरमाई गाउँपालिकाको बालबालिका हरु उच्च शिक्षा र प्राबिधिक शिक्षा लिन बाहिर जानु पर्दैन अाफ्नै गाउँ ठाउँ मा शिक्षा लिन सकिने र उच्च शिक्षा र प्राबिधिक शिक्षा लिन बिरगंजमा गएर कोठा भाडा १० हजार दिनु पर्दैन अब अाफ्नै गाउँ घरमा पढन सकिने बताए ।
गाउँपालिका ले निशुल्क कोचिंग सेवा समेत दिरहेको छ। बिधार्थी भाई बहिनीहरुले रकमको अभावमा कोचिंग गर्न सकिरहेको थिएन तर बिधार्थी हरु को समस्या बुझेर गाउँपालिका ले निशुल्क कोचिंग को ब्यवस्थापन गरेको छ। अध्यक्ष गुप्ता ले राजनितिक प्रसंग लाई संबोधन गर्दै भने मधेशीको नाउँ मा मधेशी पार्टी ले राजनितिक गरिरहेको छ।मधेश अन्दोलनमा मधेशी पार्टी ले झुठो अास्वासन ५१ लाख सहिद हरु लाई दिने भनेर ५१ हजारको भैसीमा सिमित राखेर मधेशीहरुको खुन संग खेलवाड गरिरहेका छन । सहिद परिवारले अहिले समम अन्वल मा परेका छन सहिद परिवारको घरमा चुलो बलिरहेको छकि छैन मधेश को नाउँ मा कमाउ नेता हरु हेर्न पनी गईरहेको छैन यस्ता कमाउ मधेशी नेतहरुलाई बहिसकार गर्नु पर्यो फेरी अाउने चुनाव मा मधेशी को एजेन्डा लियाएर जिते पछी कमाउने बाहेक केही गर्दैन यस्ता कमाउ नेताहरु संग सावधान रहन अाग्रह समेत गरे। प्रदेश सरकारले अहिले सम्म ३० प्रतिशत बजेट खर्च गर्न सकेको छैन खर्च पनी भएपनी पोखरी सुन्दरियकरण , बेटी पढाउ बेटी बचाउ र जुन ठाउँ मा सडक जुनठाउमा बिकासको बर्डमा मा करौडो रकम खर्च गरने गरेकोछ कार्यकर्ता पालने बाहेक कुनै काम गरेको छैन ७० प्रतिशत रकमअहिले सम्मखर्च हुन सकेको छैन जनताहरुले एक दिन यसको जबाफ सोधछन मधेशी पार्टी का नाउँ भजाएर बनेका प्रदेश२का मुख्यमन्त्री संग। प्रदेश सरकार ले कमाउने खाने योजना मात्र ल्याउने गरेको पोखरी सुनदरियकरण मा करोडौं बजेट खर्चभईरहेको अनि बाढी बाट डुबान क्षेत्रहरुमा खर्च गरे पछी जनता हरुको धनजनको क्षतिबाट वचन सकथियो। छिपहरमाई गाउँपालिकाका जनताहरुले गाउँपालिका अध्यक्ष ,बिधायक, सांसद समेत जिताएको छ तर हामी सबैजना मिलेर नदि नियन्त्रणको काम मा मिले बनी नदि नियन्त्रण गर्न सकथिए। म जति सकिरहेको छु त्यती गरिरहेको छु हाम्रो छमता बाट बढि भईरहृको छ। बिधायक र सांसद हरु ले अाफ्नो कमाउन खान योजना ल्याई रहेका छन। अब यस्ता नेता हरु जबाब खोजनुस तपाईं हरु को अधिकार को कुरो हो पोखरी सुन्दरिकरण मा करोडौं रकम पचाउनु भन्दा राम्रो छिपहरमाई को नदि नियन्त्रण जरुरी रहेको छ। नदि नियन्त्रण गरेर भोट दिने जनता हरु को जनधन को सुरक्षा को गरान्टी गर्नु पर्छ । यदी यो कमाउ नेता हरु ले जनता हरु को समस्या सुनेन भने अाउने चुनाव मा छिपहरमाई गाउँपालिका बाट बिदाई गर्नु पर्यो।।पुर्णखोप वडा घोषणा कार्यक्रम मा बोल्दै गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत देवनाथ साहले भने खोपको बारेमा विषेशगरी १२ देखि २३ महिना को बालबालिकाहरुले पुर्ण खोप पाएनन भने विभिन्न किसिमको रोग लाग्ने भएको हुदा सब भन्दा पिडित आमा नै हुने गरेकोले महिलाहरुले यस तर्फ चनाखो हुन जरुरी रहेको बताउनु भयो। बिश्वब्यापी रुपमा रहेको कोरोना भाईरस रोग बाट बचन र बचाउन अहिले खोप अाई सकेको कारण समयमा खोपलिन समेत अाग्रह गरे,, अहिले जुन नियमित खोप चलिरहेका लाई निरन्तर्ता दिएर अाअाफना बचा हरु लाई खोप दिलाउन अाग्रह समेत गरे । महिला स्वमसेबिका हरु लाई मेहनत को अलवा कुनै सुबिधा नरहेपनी निस्वार्थ सेवा गरिरहेका छन।
गाउँपालिका हरु बाट सकने जतिको सहयोग गरिने बताए ।महिला स्वास्थ्य स्वमसेबिकाहरुको स्वम सम्मान बाहेक कुनै सेवा नरहेको बताए ।
छिपहरमाई गाउँपालिकाको पाचौ वार्ड पुर्णखोप घोषणा भईसकेकोले छिपहरमाई गाउँपालिका पुर्ण खोप घोषणा भएको हो।पुर्णखोप घोषणा कार्यक्रम वार्डअधयक्ष बिनोद साह कानु को अध्यक्षतामा समपन भएको थियोे।
पुर्णखोप घोषणा कार्यक्रममा छिपहरमाई गाउँपालिका का समसुल मियाँ , वार्डअधयक्ष राजबली यादव, महेन्द्र साह कलवार, मौजीलाल साह,रामबालक राउत गदी, पुर्व गाबिस अध्यक्ष पहलाद गुप्ता ,जिल्ला स्वास्थ्य कार्यालय प्रमुख नवल किसोर साह, खोप प्रमुख अनिल सिंह, जिल्ला समन्वय समिति पर्सा का सदस्य सुबास साह, ज्ञानबहादुर साह, स्वास्थ्यकर्मी लगायत महिला स्वमसेबिका , स्थानिय हरुको सहभागिता रहेको थियोे।
पुर्णखोप घोषणा गराउनमा सहयोग गरिने महिला स्वास्थ्य स्वमसेबिकाहरु र स्वास्थ्यकर्मीहरुलाई दोसाला अोढाई र प्रमाणपत्रका साथै सम्मानित समेत गरेको थियोे ।कार्यक्रम संचालन मकबुल गदीले गर्नु भएको थियोे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

