Rashtriya Dainik

मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सहयोगी दाताहरुलाई सम्मान

तुलसी राम पौडेल /फर्साटिकर, असार २५
रुपन्देहीको सुद्धोधन गाउँपालिका वडा नं–४ सौ फर्साटिकर स्थित मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रले कोभिड अस्पताललाई सहयोग गर्नुहुने सहयोगीदाताहरुलाई सम्मान गरेको छ । शुक्रवार प्राथमिक स्वास्थ्य केन्द्रमा एक कार्यक्रम बीच अस्पतालले कोरोना महामारी रोकथामका लागी अस्याथी कोरोना अस्पताल निर्माण गर्न विशेष सहयोग गर्नुहुने सम्पूर्ण सहयोगीदाताहरुलाई सम्मान गरिएको हो ।त्यसै अवसरमा लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले स्थानीय तहको सहयोग बिना कुनै पनि विकास निर्माणका कामहरु अगाडि नबढ्ने भन्दै स्थानीय तहलाई बलियो बनाउनु पर्नेमा जोड दिनुभयो । मन्त्री श्रेष्ठले कोरोना रोकथामका लागी स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहने भन्दै स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रमहरु संचालन गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा अक्सिजन प्लान्ट निर्माण कार्य शुरु गरेको जानकारी दिनुभयो । मन्त्री श्रेष्ठले तेस्रो भेरियन्ट रोकथामका लागी प्रदेश सरकारले तयारी समेत सुरु गरि सकेको बताउनुभयो ।
शुद्दोधन गाउपालिका अध्यक्ष किसुन चन्द चौधरीले मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रको सम्पुर्ण पुर्वाधार पुरा भैसक्दा पनि १५ शैयाको अस्पतालको आधिकारिक पाउन ढिलाइ भएकोले प्रदेश सरकार र संघीय सरकारले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै शुद्धोधन गाउँपालिका वडा नं–४ का वडा अध्यक्ष एवं मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रका अध्यक्ष राजेन्द्र कडेँलले अस्पतालमा आउने गरिब तथा विपन्न वर्गलाई निशुल्क औषधी उपाचार गर्नुका साथै आर्थिक सहयोग समेत गरेको बताउनुभयो । कडेँलले मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्र तथा कोरोना अस्थायी अस्पताललाई बालमैत्री कोरोना अपस्ताल बनाउन तयारी थालेको बताउदै अस्पताल निर्माणका लागी सहयोग गर्नुहुने सम्पूर्ण सहयोगीदाताहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रदेश सभा सदस्यहरु तुलसी प्रसाद चौधरी, पुस्पा चौधरी ,गाउपालिका उपाध्यक्ष शान्ता ज्ञवालि ,प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्री,मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रका इन्चार्ज डा कृष्ण खरेल , लुम्बिनी विकास कोषका सदस्य श्रीराम यादव ,प्रतिमान निमा स्मृति प्रतिस्ठानका शंकर खत्री र समाजसेवी शिवराम न्यौपाने लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो ।

शुद्धोधन गाउँपालिका वडा नं–४ का वडा अध्यक्ष एवं मोतिपुर् प्राथमिक स्वास्थ्य केन्द्रका अध्यक्ष राजेन्द्र कंडेलको अध्यक्षता ,, लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोज प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता,प्राथमिक स्वास्थ्य केन्द्रका उपाध्यक्ष नर बहादुर घर्तीको स्वागत मन्तव्य रहेकोे कार्यक्रमको संचालन हेमन थापाले गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित