Rashtriya Dainik

कार्यवाहक क्याम्पस प्रमुखद्वारा आफ्नो योग्यताको जालझेल

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा अवस्थित त्रिभुवन बहुमुखी क्याम्पस बेलाटारीमा कार्यवाहक क्याम्पस प्रमुखद्वारा आफ्नो योग्यतालाई अाेझेल पार्नेगरी भ्रामक कुप्रचार गर्दै अाएका छन।

त्रिभुवन बहुमुखी क्याम्पस बेलाटारीमा २०७७ चैत ५ मा भएको घटना क्याम्पस संचालक समितिका अध्यक्षलाई लक्षित गरी विभिन्न किसिमका भ्रामक कुराहरु फैलाइएको थियो भन्ने कुरा यथार्थ घटनाक्रमहरु बुझ्दा देखिन्छ।

तर यथार्थमा क्याम्पस संचालक समितिका अध्यक्ष क्याम्पस नीति नियममा चल्नुपर्ने शिक्षाको गुणस्तर उकास्नु पर्ने आधुनिक शिक्षा प्रदान गर्नुपर्ने कुरामा जोड दिँदै आउनुभएको छ।

साथै क्याम्पस प्रमुखको नियुक्ति लागि नेपाली नागरिक हुनुपर्ने र योग्य हुनुपर्ने जस्ता कुरामा अडान लिनुभएको र जाेड दिँदै आउनुभएको छ।
तर कार्यवाहक क्याम्पस प्रमुखले आफ्नो योग्यता माथि उठेका सवालहरु ओझेलमा पार्नेगरी विभिन्न भ्रामक कुप्रचार गर्दै आएका छन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित