Rashtriya Dainik

पूर्ण अपाङ्गता भएका व्यक्तिहरुलाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण

विनाेद निगम/नवलपरासी/२५ असार।

दोस्रो लहरको कोभिड १९ संक्रमण तीव्र रुपमा फैलिएकोले कोरोना नियन्त्रण, रोकथाम र उपचारमा थप प्रभावकारी कार्य गर्नका लागी पश्चिम नवलपरासीको पाल्हीन्नदन गाउँपालिकाका पूर्ण अपाङ्गता भएका ब्यक्तिहरुलाई स्वास्थ्य सुरक्षाका सामग्री हस्तान्तरण गरिएको छ ।

युनाईटेड मिसन टु नेपाल(युएमएन),अष्ट्रेलियन ऐड, ट्रान्सर्फम ऐडको सहयोग तथा पाल्हिनन्दन गाउँपालिकाको समन्वय तथा साझेदार संस्था ईन्द्रेणी सामाजिक विकास मञ्च पञ्चनगरले गाउँपालिकाका ३२ जनालाई स्वास्थ्य सुरक्षा तथा उपकरण सामग्री हस्तान्तरण गरेका हुन् ।

दोस्रो लहरको कोभिड १९ संक्रमण तीव्र रुपमा फैलिएकोले कोरोना नियन्त्रण, रोकथाम र उपचारमा थप प्रभावकारी कार्य गर्न गाउँपालिकाका पूर्ण अपाङ्गता भएका ब्यक्तिहरुलाई उक्त सहयोग गरिएको कार्यक्रममा अध्यक्षता गर्नु भएको पाल्हिनन्दन गाउपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक ) ले बताउनुभयो ।

गाउँपालिकाका पूर्ण अपाङ्गता भएका ३२ ब्यक्तिहरुलाई सर्जिकल मास्क १ बक्स,५ लिटरको सेनिटाइजर १ बोत्तल, डिटेल साबुन १० पिस , टीका सप २०० ग्रामको ६ पिस , स्टेसनरी पैड २ पैकिट ,२० लिटरको भाडो लगायतको सामाग्रि हस्तान्तरण गरिएको सामाजिक परिचालक सन्दीप वि ०क० ले बताउनु भएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित