राजन कुमार बानिया/पर्सा, २४ असार
पर्साको पटेर्वा सुगौली गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम अाज गाउँपालिका अध्यक्ष हरिनारायण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा ३६ करोड ८९ लाख २६ हजार को अनुमानित बजेट गाउँपालिका उपाध्यक्ष ममता महतोले प्रस्तुत गरेकी हुन्
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपाध्यक्ष महतोले शिक्षा, स्वास्थ्य, कृषि, पशु, पर्यटन, भौतिक पूर्वाधार महिला ,बालबलिका तथा युवा लगायत प्रस्तुत गर्नु भएको थियोे । प्रसिद्ध धार्मिक स्थलहरु दुधेश्वरनाथ महादेव (भाठा बाबा मन्दिर)गादीमाई मन्दिर, भौरीमाई मन्दिर, बनस्पतीमाई मन्दिर लगायतलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने अवधारणा गाउँपालिकाले नीति तथा कार्यक्रममा समेटेको छ । गाउँपालिकाको स्वास्थ्य संस्था मा एमबिबिएस डाक्टर र
घरघरमा स्वास्थ्य सेवा प्रदान, गर्भवती महिलालाई निःशूल्क एम्बुलेन्सको व्यवस्था, गाउँपालिकालाई पूर्ण खोपयुक्त पालिका घोषणा, गर्भवती महिलालाई पोषण भत्ताको व्यवस्थाका उच्च शिक्षा र प्राबिधिक शिक्षा लाई पहिलो प्राथमिकता राखने साथै युवाहरुका लागि आत्मनिर्भर तथा स्वरोजगार बनाउन विभिन्न सिप मुलक तालिमको व्यवस्था गर्ने
गाउँपालिका अध्यक्ष हरीनारायण चौधरीले बताए।कोरोना कहरको कारण प्रभावित भएका क्षेत्रलाई पूर्ववत अवस्थामा फर्काउने अभिप्रायले गाउँपालिकाले बजेट तयार पारेको बताए । गाउँपालिकाको स्रोत र साधनले भ्याएसम्मका कामहरु गर्ने र जनतालाई स्थानीइ सरकारको आभाष गराउने प्रयास आफुले शतप्रतिशत गरेको अध्यक्ष चौधरीको दावी रहेको छ । निति तथा कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत भुजेन्द्र प्रसाद यादव, वडाअध्यक्ष फरमान मियाँ बिजय गैरे, माधव राउत थारु ,राजेश्वर महतो ,मोतिलाल साह,कार्यपालिका सदस्य गाउँ गाउँपालिकाका सदस्य , योजना साखा प्रमुख राजकुमार चौधरी, बिरेन्द्र चौधरी , निर्मल कुमार, ईन्जिनियर प्रदिप चौरसिया,स्वास्थ्य संयोजक जगरनाथ साह, कर्मचारी, स्थानीय सञ्चारकर्मी लगाएतको उपस्थिती रहेको थियो।कार्यक्रमको संचालनक शिक्षा शाखा प्रमुख शम्भु साहले गरेका थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

