Rashtriya Dainik

पाल्पामा पहिरोले ६ घर बगायो, एक जनाको मृत्यु, चार वर्षीय बालक बेपत्ता

पाल्पाको तिनाउ गाउँपालिका- ५ मा पहिरोले ६ घर बगाएको छ । प्रहरीका अनुसार हिउँदे खोलानजिकै खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने एक बालक हराएका छन् ।

मृत्यु हुनेमा तिनाउ- ५ कै अन्दाजी ४५ वर्षीय वीरबहादुर गुरुङ छन् । स्थानीय बद्री प्रसाद श्रेष्ठका अनुसार पहिरोमा परी पूजा परियारका चार वर्षीय छोरा आरोप परियार बेपत्ता भएका छन् ।

दोभान प्रहरी चौकीका धर्मराज न्यौपानेका अनुसार नरबहादुर राना, आकाश तामाङ, हरि दर्लामी, वीरबहादुर गुरुङ र रमेश परियारको घर पहिरोले बगाएको छ । बेपत्ता बालकको खोजी भइरहेको न्यौपानेले बताए ।

पहिरोको कारण सिद्धार्थ राजमार्ग पनि अवरुद्ध भएको छ । हिउँदे खोला, झुम्सा, दोभानका विभिन्न स्थानका साथै सिद्धबाबा क्षेत्रमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्ली पाण्डेले बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित