Rashtriya Dainik

कावासोती जलमग्न, सडक भासिएपछि राजमार्ग अबरुद्ध

बिहानैदेखि परेको बर्षाले पूर्वी नवलपरासीको सदरमुकाम कावासोती बजार जलमग्न भएको छ ।केरुङ्गे खोलामा आएको बाढी पसेपछि कावासोती जलमक्ष्न बनेको छ । पूर्वपश्चिम राजमार्गको सडक माथिबाट पानी बगिरहेको छ ।

डिभिजन वन कार्यलय कावासोती अगाडिको कलवर्ड पानी बहावले बगाएपछि सडक भासिएको छ ,जसले गर्दा पूर्वपश्चिम राजमार्ग ठप्प भएको छ । कावासोतीको बिपिचोकमा रहेका पसल तथा घरभित्रै पानी पसेका छन ।

कावासोतीका धेरै घरभित्र पानी पसेको छ ।कावासोतीको फलफुल चोक देखि सभापति चोक सम्म सडकमाथि नै पानी खोला झै बगिरहेको छ ।पानी अझै पनि निरन्तर परिरहेकाले नदी तटिय क्षेत्रमा रहेका स्थानिय सर्तक रहन प्रसाशनले आग्रह गरेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित