नन्दु यादव /नवलपरासी , २३ असार
नेपाल सरकार , शिक्षा मनत्रालय, जिल्ला प्रशासन कार्यालय र स्थानियतहकाे शिक्षा शाखाले तत्काल बिद्यालय सन्चालनमा राेक लगाउदा लगाउदै पनि पश्चिम नवलपरासीमा केही निजि तथा सामुदायिक बिद्यालयहरुले मनाेमानि र ज्यादति गरि बिद्यालय सन्चालन गरिरहेकाे हुदा यश ज्यादति प्रतिअनेरास्ववियु पश्चिम नवलपरासीले विभिन्न माग राख्दै अाज जिल्ला प्रशासन कार्यालय ,सुनवल नगरपालिका ,बर्दघाटनगरपालिका,रामग्राम नगरपालिका, सरावल पाल्हिनन्दन गाउपालिकामा ज्ञापन पत्र बुझाएकाे छ ।
अनेरास्ववियु नवलपरासीकाे सयाेजक रमेश नेपालद्वारा हस्ताक्षरित ज्ञापनपत्र अनेरास्ववियु केन्द्रीय सदस्य शुसान्त शर्मा घिमिरेकाे नेतृत्वमा ज्ञापन पत्र बुङझाईएकाे अनेरास्ववियु नवलपरासी का सहसयाेजक सन्जय माैर्याले जानकारी दिनु भयाे ।
बिद्यार्थी भर्नामा बिभिन्न शिर्षकमा उठाउने कार्य तत्काल बन्द गर्ने र उठाइसकेकाे शुल्क तत्काल फिर्ता गर्नुपर्ने,पुर्ण रुपमा काेराेना राेकथाम नहुदा सम्म बिद्यालय सन्चालनमा राेक लगाउनु पर्ने ,लकडाउन अवधि सम्मकाे शुल्क मिनाहा गरिनुपर्ने ,काेराेना खाेपकाे ब्यवस्थापन मिलाउनुपर्ने लगायतकाे माग राख्दै ज्ञापन पत्र बुझाएकाे प्रबक्ता माैर्याले बताउनु भयाे ।
ज्ञापन पत्र बुझदै प्रमुख जिल्ला अधिकारी ,स्थानीय तहका प्रमुखहरुले मागप्रति सकरात्मक रहेकाे र पूरा गर्न सबै सग समन्वय गरि जायज मागहरु पूरा गर्ने अाश्वासन दिनु भयाे।
तेसै गरि भाेलि सुस्ता गाउपालिका र प्रतापपुर गाउपालिकामा पनि ज्ञापनपत्र बुझाउने अनेरास्ववियुले जनाएकाे छ ।यदि हाम्राे माग प्रति बेवास्ता गरे अनेरास्ववियु नवलपरासीले कडा अान्दाेन गर्ने चेतावनी समेत दिएकाे छ। 

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

