अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर – ८ गाँजरी निवासी टोप बहादुर सुनारकी २७ बर्षिया श्रीमती अञ्जना सुनार ४ दिन देखि बेपत्ता रहेकी छिन। बेपता हुने अञ्जना सुनार यही गत मिति २०७८ साल असार १७ गते बिहिबार मध्यराति करिब १२ बजेको समयमा आफ्नी ८ बर्षिया ना -बालिका छोरीलाई संगै साथमा लिएर घर देखि एकाएक बेपत्ता भएको अञ्जना सुनारका श्रीमान् टोप बहादुर सुनारले अर्घाखाँचीबुलेटिनलाइ जानकारी दिएका छन्।
बिगत ४ दिन देखि आफ्नी श्रीमती र ८ बर्षिया छोरी अनुष्का सुनार एकाएक घर बाट बेपत्ता हुँदा निजका श्रीमान एकदमै चिन्तित रहेका छन्। बेपत्ता रहेकी अञ्जना र अनुष्का सुनारलाई घरपरिवारले जताततै खोजीनिधि गर्दा पनि अत्तोपत्तो नलागेपछि आफुले मिडियालाई खबर गरेको उनि बताउँछन्।
बेपत्ता हुने अञ्जना सुनारका श्रीमान बिगत ३ बर्ष देखि रोजगारीको शिलशिलामा कुवेतमा कार्यरत रहेका छन्।यता आफ्नो श्रीमान विदेश रहेको मौका छोपी श्रीमानले विदेशमा पसिना बगाएर कमाएर पठाएको झन्डै १७ लाख रुपैँया र गाउँका समुह /संघसंस्था बाट श्रीमान् संग झुटो बोल्दै लिएको ४ लाख साथै ५ लाख बराबरका गरगहना सहित करिब २६ लाख जति कुम्ल्याएर ४ दिन देखि अञ्जना सुनार आफ्ना श्रीमान् र घरपरिवार बाट सम्पर्कविहीन रहेकी छिन।
अञ्जना सुनारका श्रीमानले अर्घाखाँचीबुलेटिन लाई जानकारी दिए अनुसार श्रीमान/श्रीमती विवाह बन्धनमा बाधिएको ११ बर्ष सम्म सम्बन्ध राम्रै रहेको बताउँछन्। तर सम्बन्ध राम्रो हुँदा हुँदै पनि आफ्नी श्रीमती ना – बालिका छोरी र झन्डै २६ लाख रुपैँया लिएर बेपत्ता हुँदा आश्चर्यचकित परेका छन्।
बेपता हुने अञ्जनाका सुनारका श्रीमानले आफ्नो फेसबुक बाट पोष्ट गरेको स्टाटस जस्ताको तस्तै

माथि तस्विरमा देख्नुहुने अञ्जना सुनार र निजकी ८ बर्षिया छोरी अनुष्का सुनारलाइ कहिँ कतै देख्नुहुने महानुभावहरुले तुरुन्तै नजिकको प्रहरी कार्यालय वा – 9844780804 बाबुराम सुनारको मोबाइल नम्बरमा तुरुन्तै सम्पर्क गरिदिनहुन हार्दिक अपिल गर्दछौँ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

