Rashtriya Dainik

पश्चिम नवलपरासीको मुल भन्सारबाट भित्रिने मालबाहक गाडि क्षमताभन्दा बढी बाेक्दै

विनाेद निगम,नवलपरासी/असार २३

पश्चिम नवलपरासीको मुल भन्सार नाका महेशपुर भएर भित्रिने भारतीय मालबाहक गाडी क्षमता भन्दा बढी बाेक्दै नेपाल आउने गरेका छन् ।

महेशपुर भन्सार कार्यालय देखि बाेर्डर सम्मकाे बाटाे अलि साङ्लो रहेकाले दिउँसोमा महेशपुर मुल भन्सार भएर नेपाल भित्रिएका गाडीहरु बाटैमा पार्किङ हुनाले आवतजावतमा समस्या हुने गरेकाे छ ।
साथै बाटाे पनि फुट्ने गरेकाे स्थानीयहरुकाे भनाइ रहेकाे छ । महेशपुर भन्सार मुल भन्सार कार्यालयकाे रुपमा सञ्चालन रहेता पनि भन्सार कार्यालयकाे ईस्तरउन्नति हुन नसकेकाेले भारतबाट भित्रिएका मालबाहक गाडी बाटैमा पार्किङ गराउन बाध्य रहेका छाै भन्सार कार्यालयका प्रमुखले जानकारी दिनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित