Rashtriya Dainik

‘ट्रेजेडी किंग’बलिउडका दिग्गज अभिनेता दिलीप कुमारकाे निधन

बलिउडका प्रसिद्ध अभिनेता दिलीप कुमारको ९८ वर्षको उमेरमा निधन भएको छ । मुम्बईस्थित हिन्दुजा अस्पताललाई उद्धृत गर्दै बीबीसी हिन्दीले दिलीप कुमारको निधन भएको पुष्टि गरेको छ ।

बीबीसी हिन्दीका अनुसार बुधबार बिहान साढे ७ बजे उनको निधन भएको हो । दिलीप कुमारको आधिकारिक टिवट्र ह्यान्डलबाट पनि उनको निधन भएको जानकारी दिइएको छ । कुमारका पारिवारिक मित्र फैसल फारुकीका तर्फबाट उक्त जानकारी दिइएको हो ।
With a heavy heart and profound grief, I announce the passing away of our beloved Dilip Saab, few minutes ago.

We are from God and to Him we return. – Faisal Farooqui— Dilip Kumar (@TheDilipKumar) July 7, 2021
दिलीप कुमारको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दु:ख व्यक्त गर्दै सांस्कृतिक क्षेत्रका लागि ठूलो क्षति भएको बताएका छन् ।

Dilip Kumar Ji will be remembered as a cinematic legend. He was blessed with unparalleled brilliance, due to which audiences across generations were enthralled. His passing away is a loss to our cultural world. Condolences to his family, friends and innumerable admirers. RIP.— Narendra Modi (@narendramodi) July 7, 2021
श्वासप्रश्वासमा समस्या देखिएपछि दिलीप कुमारलाई जुन ६ मा अस्पताल भर्ना गरिएको थियो ।

‘ट्रेजेडी किंग’ मा रुपमा परिचित दिलीप कुमारले ‘मुगले आजम’, ‘देवदास’, ‘नयाँ दौर’, ‘राम और श्याम’, ‘गंगा-जमुना’, ‘सौदागर’ जस्ता हिट चलचित्रमा अभिनय गरेका छन् । उनी सन् १९९८ मा पछिल्लो पटक ‘किला’ चलचित्रमा देखिएका थिए ।

उनलाई सन् १९९१ मा भारत सरकारले पद्मभूषण र सन् २०१६ भारतको दोस्रो ठूलो नागरिक सम्मान पद्मविभूषणबाट सम्मानित गरिएको थियो । त्यस्तै उनले सन् १९९५ मा दादा साहब फाल्के पुरस्कार प्राप्त गरेका थिए । सन् १९९७ मा उनलाई फाकिस्तान सरकारले सबैभन्दा ठूलो नागरिक सम्मान ‘निशान ए इम्तियाज’ बाट सम्मानित गरेको थियो । यो सम्मान स्वीकार गर्नका लागि उनले तत्कालीन प्रधानमन्त्री अटल बिहारी वाजपेयीसँग अनुमति लिएका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित