Rashtriya Dainik

मालारानी -२ ले ल्यायो नेपालकै पहिलाे वडा स्तरीय मोबाईल एप

दिपेन्द्र खत्री – अर्घाखाँची । सेवाग्राही र कर्मचारीलाई सिधै जोड्ने उद्देश्यले वडाको सहयोगमा मालारानी -०२ एप सञ्चालनमा आएको छ। वडा भित्र आउने कार्यक्रम वडाका सेवा सुबिधा र जनप्रतिनिधि, कर्मचारी कार्यलय भए नभएकाे सबै जानकारी नपाउने समस्यालाई सम्बोधन गर्दै यो एप सञ्चालनमा ल्याइएको हो ।

नेपालमै पहिलाे पटक मालारानी गाउँपालिका वडा नं. २ ले यस्ताे कार्यक्रम ल्याएकाे जनाइएको छ ।

यस एपमार्फत वडा भित्रका नागरिकले सिधै वडा भित्रका कार्यक्रम, सेवा सुबिधा थाहा पाउनेछन् । नागरिकहरुले आफ्नाे कामकाे लागी धाएर वडा कार्यलय जान नपर्ने, साथै उक्त एप नेपाली अंग्रेजी दुबै भाषा माध्यम बाट चलाउन मिल्ने, सिधै एप मार्फत पुरै जानकारी र सेवा ल्याउन सक्ने एबिएस सफ्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशाेक के.सी. ले बताए ।

त्यस्तै नागरिकहरुले आफूलाई आवश्यक सेवा सिधै जनप्रतिनिधि र कर्मचारीहरुसँग एपमार्फत कुराकानी गरेर काम गर्न सक्नेछन् । एपमा भएका कुनै पनि सेवाकाे निश्चित समय तोकिएको छैन । नागरिक र वडाले आफ्नो समझदारीमा सेवाग्राहीले सेवा लिन सक्ने के. सी. ले वताए ।

नागरिक लाई वडा भित्रका हरेक जानकारी सजिलोसँग थाहा पाउन र वडाका हरेक गतिविधि, वडाकाे भैगाेलिक अबस्था, वडाभित्र रहेका धार्मिक क्षेत्र, प्रकृतिक क्षेत्र, वडा भित्रका बिद्यालय, महत्त्वपूर्ण क्षेत्र, गाैरवका याेजना आदि उक्त एपमा रहेको र आपतकालीन सम्पर्क (स्वास्थ्यकर्मी, एम्बुलेन्स ) लागि याे एपले सहयाेग गर्ने वडा अध्यक्ष बिस्णु प्रसाद भुसाल (विनाेद ) ले जानकारी दिए ।

कोरोना महामारीका कारण अन्य क्षेत्रजस्तै नागरिकमा परेको असरको दीर्घकालीन न्यूनीकरणका लागि प्रविधिको भूमिकालाई प्राथमिकतामा राख्दै एप निर्माण गरिएकाे भुसालको भनाई छ ।

यद्यपि एपलाई वडा भित्र संचालन गर्न धेरै मेहेनत गर्नुपर्ने उनी बताउँछन् । ‘धेरैजसो नागरिकहरु यस्ता प्रविधिहरुसँग अझै पनि परिचित छैनन् । त्यसैले यसलाई हामीले नागरिकहरु सम्म पुगेर नै उनीहरुलाई बुझाउनुपर्ने छ ।’ तत्कालको लागि भने देशका विभिन्न स्थानहरुमा जारी निषेधाज्ञाको कारण सो काम गर्न समय लाग्ने वताए ।

एपकाे डाटा संकलनमा मिलन कुबंर क्षेत्री,लिल बहादुर पाण्डे,दिपेन्द्र खत्री सहित रहेका छन् ।
एपकाे लागि तल थिच्नुहाेस ।
https://abssoft.com.np/malarani2

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित