महेन्द्रनगर । डोटीको गडसेरा अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरी जवानले एक १५ बर्षिया बालिकालाई बलात्कारपछि हत्याको प्रयास गरेको छ । तिन महिना देखी शारिरिक सम्बन्धका लागि प्रेम चक्कर चलाएपछि ति बालिकाले बिवाह गर्न भनेपछि प्रहरीले मरणासन्न हुने गरि कुटपिट गरेका छन् । डोटीको जोरायल गाउँपालिका वडा नं ५ की बालिकालाई अन्दाजी २४ बर्षिय प्रहरी जवान सुशील सिंहले कातिक १३ गते राती बलात्कारपछि हत्या प्रयास गरेको पिडित बालिकाले बताईन् । राती ११ बजे बालिकाको घरमा उनि सुतेकै कोठामा पुगेर बलात्कार गरेको र उनलाई घिसार्दै घर देखि तल रुखमा झुण्डाएको अर्धअचेत अवस्थामा भेटिएकी थिईन् । रातीको समयमा आफुलाई भेटन आएको प्रहरी जवानले शुरुमै वालिकाको पेटमा लात्ताले हिर्काएका र वालिका वेहोस भए पछि बलात्कार गरि रुखमा झुन्डाएको उनले बताईन् । आफुलाई दाउराको चिरपटले खुटटामा हिकौएको उनले बताईन् । चिच्चाएको आवाज आएपछि घरबाट मान्छे आएपछि वालिकाको बिहान ३ बजे उद्धार गरिएको उनको बुवाले बताए । अचेत अवस्थामा रहेकी छोरीलाई गडसेरा स्वास्थ्य चौकीमा लगेर प्राथमिक उपचार गरेको पिडित बालिकाका बुवाले बताए । उनले भने, न्यायका लागि अस्थायी प्रहरी चौकीमा निवेदन गरे त्यहाँ दर्ता गर्न मानेन् । बालिकाको घाँटीमा लगाएको फाँसीले घाउ बनेको देखिन्छ । प्रहरीले बालिकालाई कुटपिट गरेको छ । खुट्टामा निलडाम छन् । आफुलाई प्रहरी जवानले फोन गर्ने गरेको पिडित बालिकाले बताईन । म मयाँ गर्छु र तिमि संग बिवाह गर्छु भन्थ्यो बालिकाले भनिन्, राती घरमा आएर यो अवस्था बनायो । त्यसपछि प्रहरी चौकी जोरायलमा पुगेको पिडित बालिकाका बुवाले भने, त्यहाँ पनि केहि नलागेपछि अचेत अवस्थामा रहेकी छोरीलाई बोकेर सेती प्रादेशीक अस्पताल धनगढीमा उपचार गर्न ल्याए । धनगढीमा उपचार गरेपछि बालिका होसमा आएकी छन् । बालिकालाई बलात्कार पछि हत्याको प्रयास गरेको भन्दै जिल्ला प्रहरी कार्यालय डोटीमा उजुरी दर्ता गरिएको छ । डोटीको गडसेरा अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरी जवानले एक १५ बर्षिया बालिकालाई बलात्कार पछि हत्याको प्रयास गरेको भन्दै जिल्ला प्रहरी कार्यालय डोटीमा उजुरी दर्ता गरिएको हो । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।