Rashtriya Dainik

इण्डो नेपाल सामाजिक मञ्च परिवारद्वारा : उपरीक्षक नवराज अधिकारीलाई विदाई

राहुल मोदनवाल/कृष्णनगर कपिलवस्तु

कपिलवस्तु कृष्णनगरको संस्था इण्डो नेपाल सामाजिक मञ्चले गरीब दुखि, असहाय र विपतमा परेका मानिसलाई सहयोग निरन्तर गर्दै आएको छ र सामजमा राम्रो कार्य गरेको व्यक्तिलाई सम्मान पनि निरन्तर दिदै आएको छ। यो संस्था बिभिन्न राम्रो कार्यमा सहभागी भई मानिसहरुलाई
घर घरमा पुगी सेवा सुविधा दिएको छ यो संस्थाको अध्यक्ष अकरम अब्दुल रहमान खानको अगुवाईमा सबै राम्रो कार्य भई रहेको छ।

यस्तै कपिलवस्तु जिल्लाका प्रहरी उपरीक्षक नवराज अधिकारीलाई शान्ति सुरक्षा कायम, अपराध नियन्त्रण र नागरिकहरुसंग प्रहरीको सहज पहुंच एवं अपराध विरुद्ध शुन्य सहनशीलतामा उत्कृष्ट काम गरेको ले स- सम्मान साथ प्रशंसा पत्र इण्डो-नेपाल सामाजिक मञ्चका अध्यक्ष अकरम पठानको अगुवाईमा प्रदान गरिएको हो। यस सम्मान कार्यक्रममा संस्थाका सदस्य बृजेश गुप्ता,नदीम खान,बजरंगी शाहू, सलमान खान,निखिल पाठक र यो संस्थाका मीडिया प्रवक्ता राहुल मोदनवाल उपस्थित थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित