Rashtriya Dainik

निषेधाज्ञाका विच वृहत वृक्षारोपण कार्यक्रमको उदघाटन

नवलपरासी असार १४÷
लुम्विनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलले निषेधाज्ञाका विच वृहत वृक्षारोपण कार्यक्रमको उदघाटन गरेकाछन ।
पश्चिम नवलपरासीको सुनवल नगरपालीका वार्डनं ११ जर्गाहा स्थित कोटहीदेवी सामुदायीक वन क्षेत्र भित्र १ घण्टामा २० हजार वृक्षारोपण गर्ने लक्ष्य पुरा गर्दै हजारौको उपस्थितीका विच वृक्षारोपण शुभारम्भ गरेका हुन ।
वृक्षारोपण उदघाटन कार्यक्रमलाई सम्वोदन गर्दै मृख्य मन्त्रि पोखरेलले देशको भुभागको ५० प्रतिसत वनक्षेत्र ले अगोटेको भनिए पनि विदेशबाट काठ आयात गर्नु पर्ने अवस्था विद्यमान रहेको स्विकार्दै प्रदेश सरकारले पर्यावरण संरक्षण तथा वृक्ष्ााँरोपणलाई प्राथमिकता दिई वृहत वृहत वृक्षारोपण लक्ष्य लिएको वताएका छन ।
कुल २९ हेक्टर क्षेत्र वृक्षारोष्ण गर्ने लक्ष्य राखी पहीलो चरणमा १५ हेक्टर सामुदायीक वनक्षेत्रमा खयर, धुपी, अल्ला, कदम, जामुन, अमला लगायत जातका २० हजार वृक्ष्ााँरोपण करिव ६० लाखको वजेटमा सम्पन्न गर्न लागिएको वन व्यवस्थापन समितिका अध्यक्ष इश्वरी प्रसाद जैसीले जानकारी दिएका छन ।
प्रमुख जिल्ला अधिकारीद्वारा जिल्लामा १५ जना भन्दा वढी भेला हुन नपाउने गरि गरिएको निशेधाज्ञाको निरन्तरता आगामी २३ गते सम्म कायम रहे पनि हजारौ सहभागि तथा पन्चेवाजा गाजाका को ताम झामका साथ निषेधाज्ञा तोडदै ५ नं सरकारले नै निशेधाज्ञाको खिल्ली उडाएको देखिन्छ । सर्व साधारणलाई सामाजिक दुरी तथा मापडण्ड पालना गराउने सरकारकै यस्तो चाला देखेका र सहभागि भएका स्थानीयहरुले सरकारको मापडण्ड पालना गर्न कसरी उत्साहीत होलान टटकारो प्रश्न छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित