Rashtriya Dainik

शिवराजमा बजेट प्रारित: बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको तलव १५ हजार

शिवराज नगरपालिकाले आगामि आर्थिक बर्षको लागी बजेट असारको १० गते सार्वजनिक गरिसकेको छ । बजेटले सामुदायिक विद्यालयमा कार्यरत बालविकास सहजकर्ता र विद्यालय कर्मचारीलाई पनि सम्बोधन गरेको छ ।
संघिय सरकारले घोषणा गरे अनुसार शिवराज नगरपालिकाले बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको तलव १५ हजार छुट्याएको छ । विद्यालयको शिक्षण सिकाई क्रियाकलाप प्रभावकारी बनाउन स्थानिय तहले नियुक्त गरेका स्वयम सेवक शिक्षकहरुको समेत २ हजार वृद्धि गरेको शिवराज नगरपालिका शिक्षा तथा युवा खेलकुद शाखाका अधिकृत पुर्ण बहादुर विश्वकर्माले बताए ।
शिवराज नगरपालिकाले अस्थायी तथा करारमा रहेका कर्मचारीहरुको सामाजिक सुरक्षाकोषका लागि २० लाख रकम विनियोजन गरेको शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी चौधरीले बताईन् । शिवराज नगरपालिका भित्र सामुदायिक विद्यालयमा कार्यरत ६२ जना सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी ११ जना र कार्यालय सहयोगी ६३ जना गरि १३६ जनाको तलब वृद्धि भएको विश्वकर्मले बताए ।
शिक्षा,युवा तथा खेलकुदमा ३ करोड ९ लाख बजेट विनियोजन गरेको चौधरीले बताईन् । शिवराज नगरपालिकाले स्वयम सेवक शिक्षकहरुको लागि पोशाक भत्ता समेत विनयोजन गरेको छ । शिक्षा शाखाले कर्मचारीको सेवा सुविधा बृति विकासमा २ करोड गुणस्तरिय बा.वि.के आधारभुत र माध्यामिक शिक्षा कार्यक्रम अनतरगत ३ लाख ३९ हजार,विद्यालय भौतिक सुविधा विस्तरमा १९ लाख र गुणस्तरीय शिक्षाको लागि क्षमता वद्धि कार्यक्रममा ३ करोड विनियोजन गरेको शिक्षा शाखा प्रमुख लोकराज पन्थीले बताए ।
शिवराज नगरपालिकाले सामाजिक विकास नीति अन्तर्गत शिक्षा युवा तथा खलेकुदमा विभिन्न क्रियाकलाप गर्ने निति तथा कार्यक्रममा प्रस्तुत गरेको छ ।
१.आधारभुत तहको शिक्षा अनिवार्य सवै विद्यालय उमेर समूहका बालबालिकाको विद्यलयमा पहुँच ।
२.सवल र प्रतिवद्ध शिक्षक खुसि विद्यार्थी उत्कृष्ट सिकाई उपलब्धि ।
३. बच्चाको टिफिनमा खाजा आमाको हातमा पैसा ।
५. शिक्षक सिकाइ क्रियाकलापमा डिजिटल प्रविधिको प्रयोग गरी शिक्षक गर्न प्रोत्साहित गरिने छ ।
६.एक विद्यार्थी एक फुलको विरुवा अभियान संचालन गरिनेछ ।
७.सिमान्तकृत,अति विपन्न तथा अपाङ्गता भएका बालबालिकाहरुलाई विद्यालयमा प्रदान गरिएका सहयोग कार्क्रमलाई निर्नतरता दिने ।
८.प्रारम्भिक बाल कक्षाका सहयोगी विद्यालय कर्मचारी तथा स्वयम सेवक शिक्षकहरुलाई उत्साहित गर्न थप प्रोत्साहन अनुदान उपलब्ध गराउने ।
९. स्वास्थ्य शरिर स्वास्थ्य मस्तिष्कका लागि खेल भन्ने तथ्यलाई मन् गर्दै खेलक लागि पुर्वाधारको विकास गरिने निति तथा कार्यक्रम प्रारित गरिएको चौधरीले बताईन् ।
शिवराज नगरपालिका शिक्षामा सकारत्मक भएको शिवपुर आदर्श नेपाल मा वि का लेखापाल माधव पाण्डेले बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित