रंजीत शर्मा/ नवलपरासी/ १२ असार ।
पश्चिम नवलपरासी जिल्लाको पाल्हिनन्दन गाउपालिकाले आगामी बर्ष २०७८/२०७९ का लागि निति तथा कार्यक्रम प्रस्तुत गरेको छ । गाउँपालिकाले आगामी वर्षको लागि पुर्वाधार, कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता राख्दै ४६ करोड ८२ लाख ८६ हजार ५ सय रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
गाउँपालिकाको नवौं गाउँसभामा उपाध्यक्ष पावित्री काेहारले नीति तथा कार्यक्रमलाई पूरा गर्नको लागि ४६ करोड ८२ लाख ८६ हजार ५ सय रुपैंया बराबरको अनुमानित आय व्यय प्रस्तुत गर्नुभयो ।
उहाँले कोभिड नियन्त्रण, बिपत व्यस्थापन, व्यवसायीक कृषि, पशुपालन, सडक पूर्वाधार विकास, शिक्षा लगायतका क्षेत्रमा बजेट प्राथमिकतामा राखेको बताउनुभयो ।
गाउँसभाको चालु अधिवेशनले बजेट तथा नीति कार्यक्रम पास गर्नेछ । गाउँसभामा विकासको मेरुदण्ड सडक भएकाले सडक नपुगेका ठाउँमा सडक विस्तार र स्तरउन्नती गर्ने नीति लिइएको छ । स्वास्थ्य क्षेत्रमा पाल्हि स्वास्थ्य चौकीलाई स्तर उन्नति गर्ने, पर्टकिय क्षेत्रमा नन्दन ताल, लोहरौलिको शिव मन्दिरलाई आधुनिय रूपमा स्तर उन्नति गर्ने, सम्पति करमा १० देखि ५० प्रतिशत सम्म छुट दिने , कृषि प्रविधी शिक्षाको विकास, स्थानीय पाठयक्रमको बिकाश, एकल महिला तथा बालबालिका कार्यक्रम लगायत निति तथा योजना लाएको अध्यक्ष गुप्ताले बताउनु भयो।
माहिला बालवालिका जेष्ठ नागरिकको लागि छुट्टै निति तथा कार्यक्रम, एक वडा एक उत्पादन क्षेत्र बनाएर अघि बढ्न लागिएको उपाध्यक्ष पाबित्रि कोहारले बताउनु भयो ।
गाउँसभामा उपाध्यक्ष पावित्रि कोहर, प्रवक्ता सञ्जय पाठक, प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतम, वडा अध्यक्षहरु, विषयगत समितिका सदस्यहरु, कार्यपालिका सदस्यहरु, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

