Rashtriya Dainik

कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता राख्दै तिनाउले ४७ करोड ७६ लाख बराबरको बजेट सार्वजनिक

रंजीत शर्मा/ नवलपरासी/ १२ असार ।
जिल्लाको तिनाउ गाउपालिकाले आगामी बर्ष २०७८/२०७९ का लागि निति तथा कार्यक्रम प्रस्तुत गरेको छ । गाउँपालिकाले आगामी वर्षको लागि कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता राख्दै ४७ करोड ७६ लाख बराबरको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको नवौं गाउँसभामा उपाध्यक्ष दमयन्ती ताथाले नीति तथा कार्यक्रमलाई पूरा गर्नको लागि ४७ करोड ७६ लाख ९२ हजार ८ सय ६५ रुपैंया बराबरको अनुमानित आय व्यय प्रस्तुत गर्नुभयो ।उहाँले कोभिड नियन्त्रण, व्यवसायीक कृषि, पशुपालन, सडक पूर्वाधार विकास, विद्युत विस्तार लगायतका क्षेत्रमा बजेट प्राथमिकतामा राखेको बताउनुभयो । पूजीगततर्फ १८ करोड ८८ लाख ६० हजार ८ सय ६५ र चालुतर्फ २७ करोड ७७ लाख २२ हजार विनियोजन गर्न पेश गर्नुभएको छ ।

गाउँसभाको चालु अधिवेशनले बजेट तथा नीति कार्यक्रम पास गर्नेछ । गाउँसभामा विकासको मेरुदण्ड सडक भएकाले सडक नपुगेका ठाउँमा सडक विस्तार र स्तरउन्नती गर्ने नीति लिइएको छ । यस्तै खानेपानी समस्या समाधानको लागि एक घर एक धाराको निर्माण र व्यवस्थापन गर्ने अध्यक्ष ओम बहादुर घर्तीले बताउनुभयो ।यस्तै सिंचाई, कृषि तथा पशुपालन, कोरोना रोकथाम, स्वास्थ्य संस्थाको स्तरउन्नती, स्वास्थ्य इकाईहरुको संचालन, यस्तै शिक्षा तर्फ आधारभूत तहका विद्यालयहरुमा आउँदो शैक्षिक सत्र देखि अनिवार्य रुपमा १ देखि ३ सम्मको कक्षामा अंगे्रजी माध्यमबाट अध्यापन गराइने कार्यलाइ निरन्तरता दिइने छ ।


गाउपालिका भित्रका माध्यामीक विद्यालयहरुलाई आवासिय विद्यालयको रुपमा विकास गरिदै लगिने छ । भवन निर्माण तथा अभिलेखिकरण लगायतका काम गर्ने समेत योजना रहेको छ ।

गाउँसभामा उपाध्यक्ष दमयन्ती थापा प्रवक्ता राजेश श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठ, वडा अध्यक्षहरु, विषयगत समितिका सदस्यहरु, कार्यपालिका सदस्यहरु, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित