ज्ञानेश्वर साहनी /नवलपरासी १२ असार
पश्चिम् नवलपरासीको रामग्राम नगरपालिका वडा नं १२ कुनवार र वडा नं १७ पट्खाैलीमा प्रहरी चाैकी गाेबरहियाका ईन्चार्ज र प्रहरी जवानद्वारा किशानको हरियो तरकारी नष्ट गरेका छन्।
स्थानीय किशानले तरकारीको बजार नपाए पछि सामाजिक दुरी कायम गरि बाटोको क्षेउमा हरियो तरकारी बेच्दै आएका थिए।

काेराेना महामारीको दोस्रो लहर कारण पछिल्लो समयदेखि नै ज्यालादारी गरेर एक छाक टार्दै आएका गरिब तथा विपन्न घरपरिवारका स्थानीय किशानहरुलाई लकडाउनका कारण एक छाक टार्न कठिन भएको अवस्था प्रहरिले दमन गरेकाे भन्दै किसानले विरोध गरेका छन्।
सरकारी कार्यालयमा भिडभाड हुदा, बैंकमा भीडभाडा हुँदा केही नहुने र हामी समाजिक दुरी कायम हरियो सागसब्जी बेच्दा कोरोना सर्ने तर्क दिँदै हामि माथी प्रहरिले दमन गरेको आरोप लगाएका छन्।

प्रहरीका अनूसार जिल्ला प्रशासन कार्यालय नवलपरासीको निर्देशन अनूसार हामीले यस्ताे गरेको आफ्नो ढाक छोप गरेको छ।
पश्चिम् नवलपरासीमा केही दिन देखी निषेधज्ञा खुकोलो बन्दै गएको छ। बजार नपाएपछि किसानका हरियो सागसब्जीहरु कुहुदै गइरहेका छन् । स्थानीय निकाय तथा जिल्ला प्रशासन कार्यालय नवलपरासीले समेत ध्यान दिन जरुरी देखिन्छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

