भारत र नेपालमा बिपदमा बिशेष सहयोग दिदै आएको प्रख्यात संस्था सेवा इन्टरनेशनलको सहयोगमा नेपालको विभिन्न जिल्लामा अतिआवश्यक सहयोग पुर्याउदै आएको संस्था हिन्दु स्वयंसेवक संघले कपिलवस्तुको मायादेवी गाउँपालिकाको पकडीमा गाउँपालिकाको एक सय गरिव परिवारलाई खाद्यान्न सहयोग बितरण गरेको छ। संघको प्रचार विभागका प्रमुख डा. विनय पाण्डेयको विशेष सक्रियतामा संघका कपिलवस्तुका पदाधिकारीहरु वासुदेव चौधरी , दिलिप चौधरीले पकडीमा एक कार्यक्रम आयोजना गरी खाद्यान्न बितरण गरेका छ्न। हालै बाढीको प्रकोपले पीडित काभ्रेपलान्चोक जिल्लामा पनि राहत बितरण गरेको थियो। कोरोना महामारीले मारमा परेका अति आवश्यक परिवारलाई जिविकापालनमा गार्हो परेको बेला सो सहयोग महत्वपूर्ण रहेको छ। सहयोग ग्रहण गर्दै गरिव परिवारलाई अतिनै सहयोग पुर्याएको कुरा ग्राहीहरुले बताएनु भएको छ। यसप्रकारको सहयोग निरन्तर जारी रहने कुरा प्रचार प्रमुख डा पाण्डेयले बताउनु भएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

