Rashtriya Dainik

सियारीमा ३ महिने ढाका कपडा बुनाइ तालिम सम्पन्न

तुलसी राम पौडेल /सियारी, असार ११
रुपन्देहीको सियारी गाउपालिका वडा नम्बर -७ पश्चिम् अमवा स्थित नारी एकता महिला विकास बचत तथा ॠण सहकारी सस्था लिमिटेडको आयोजना तथा सियारी गाउपालिकाको आर्थिक सहयोगमा ३ महिने ढाका कपडा बुनाइ तालिम शुक्रबार एक कार्यक्रमका बीच समापन भयो।सियारी गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारुले कार्यक्रमको उदघाटन गर्नुभयो। सो अवसरमा बोल्दै उहाले तालिममा सिकेको सिपलाई सदुपयोग गरी व्यावसायिकरण गर्नुपर्नेमा जोड दिनुभयो । महिला दिदिबहिनीहरु आर्थिक सम्पन्न हुनको लागि सिपलाई उत्पादनमुखि बनाउनुपर्ने गाउपालिका अध्यक्ष अयोध्याको भनाइ थियोे । गाउपालिका उपाध्यक्ष अमृता गुरुङले ढाका कपडाको बुनाइ तालिमबाट सिपलाइ रास्टिय अन्तर्राष्ट्रिय रुपमा स्थापित हुन सहयोग हुने बताउनु भयो । ढाका कपडाको माग अत्यधिक भएकोले आर्थिक समृद्धिको लागि यो तालिम फलदायी हुने गाउपालिका उपाध्यक्ष अमृता गुरुङले बताउनु भयो।
तालिममा सियारी वडा नम्बर ६ का ७ जना र वडा नम्बर ७ का ६ जना महिलाहरु सहभागी रहेका थिए ।
नारी एकता महिला विकास बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष हुमाकान्ति भुर्तेलको अध्यक्षता, सियारी गाउपालिका उपाध्यक्ष अमृता गुरुङको विशिस्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा सियारी गाउपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सरोज अधिकारी ,वडा नम्बर ६ का वडा अध्यक्ष शेर बहादुर गुरुङ ,वडा नम्बर ७ का वडा सदस्य लक्ष्मी विक , नारी एकता महिला विकासका लेखा समिति संयोजक तुलसा शर्मा, नारी एकता महिला विकासका पुर्व अध्यक्षहरु इन्दिरा अर्याल , राधिका खरेल लगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे ।img src=”https://rashtriyadainik.com/wp-content/uploads/2021/06/received_401210297820371.jpeg” alt=”” width=”975″ height=”732″ class=”alignnone size-full wp-image-11072″ />
कार्यक्रमको संचालन नारी एकता महिला विकासकी सचिव सिता भट्टराईले गर्नुभएको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित