नन्दु यादव /असार ११,पश्चिम नवलपरासी
पश्चिम नवलपरासीमा युवा समाजले विभिन्न मागहरु राख्दै पाल्हिनन्दन गाउपालिकामा अाज बिराेध प्रदर्शन गरेकाे छ । कारोना रोकथाम तथा नियन्त्रणको लागी गरिएको निषेधाज्ञाका कारण करदाताहरु मर्कामा परेको भन्दै ‘नो भ्याक्सिन नो ट्याक्स, यथासक्य छिटो भ्याक्सिनको व्यवस्था गर, लकडाउन अवधिभर कर र बैककाे ब्याज मिनाह गर गरिब असहाय परिवारलाई विशेष रुपमा राहतको व्यवस्था गर’ लगाएतका माग राख्दै बिराेध प्रदर्शन गरेका हुन ।

पाल्हिनन्दन गाउपालिकाकाे बेलासपुर चाेकमा प्रदर्शन गरि गाउपालिका अगाडि काेण सभा सम्पन्न गरिएकाे हाे । कोण सभामा वोल्दै नवलपरासी युवा समाजका संयोजक धर्मेन्द्र गिरिले ब्याज कर मिनाहा,राहत बितरण र तत्काल पुरै नेपालिहरु भ्याक्सिन काे ब्यवस्थापन सरकारले तत्काल गरिनुपर्ने माग गर्नु भयाे ।सरकारले तत्काल मागहरु सम्बाेधन नगरे देशब्यापि रुपमा युवाहरु सडकमा अाउने बाध्य हुने ठाेकुवा गर्नु भयाे। सरकारले युवा राेजगारी सृजना गरिनु पर्ने कुरामा समेत जाेड दिनुभयाे।अब अाउने दिनमा यश सस्थाले जनचेतनामूलक कार्यक्रम ,खबरदारी कार्यक्रम लगायत काे कार्यक्रम गर्दै अगाडि बढने वहाले बताउनु भयाे।युवाहरुकाे मागलाई पूरा गर्न स्थानिय देखि केन्द्र सम्मकाे सरकार सग तत्काल पहल गर्ने पाल्हिनन्दन गाउपालिका कि उपाध्यक्ष पबित्रा काेहारले अाश्वास दिनु भयाे ।केही दिन अगाडिदेखि जिल्लाकाे सबै पालिकामा बिराेध प्रदर्शन गर्दै अाज पाल्हिनन्दनमा बिराेध गर्दै कार्यक्रम सम्पन्न गरिएकाे युवा समाज नवलपरासी ले जनाएकाे छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

