पर्सा , असार ११
पर्सा प्रहरीले जबरजस्ती करणी गरेको अभियोगमा पर्साको पटेर्वासुगौली गाउपालिका वडा नम्बर १ बाट एक जनालाई पक्राउ गरेको छ । पीडित महिलाको श्रीमान कामको सिलसिलामा घर बाहिर रहेको मोका छोपि जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पटेर्वा सुगौली १ बस्ने २५ वर्षीय सुरेंद्र भन्ने अब्दुल्लाह अंसारीलाई पक्राउ गरेको हो ।
महिलालाई जबरजस्ती करणी गरेको सुचना पाएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले मिति २०७८/०३/ ०७ गते राती १२ :०० बजे उनलाई पक्राउ गरेको हो ।जबरजस्ती करनी मुदामा ५ दिनको म्याद थप गरी अनुसंधान प्रक्रिया अगाड़ी बढ़ाइएको जिल्ला प्रहरी कर्यालय पर्साले जनाएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

