प्रिन्स मिश्रा कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिका वडा नं १० मा रहेका छात्रा हरुलाई साइकल वितरण गरिएको छ । वडाका २० जना छात्रा हरुलाई साइकल वितरण गरिएको हो ।

छात्रा हरुलाई शिक्षा प्रति पहुच पुर्याउन बिद्यालय आवत जावतमा सहजता पुर्याउन शिवराज नगरपालिका वडा नं १० मा छात्राहरु लाई साइकल वितरण गरिएको वडा अध्यक्ष मन्जु मिश्राले जानकारी दिनु भएको छ ।
पैदल हिडेर एक गाउँबाट अर्को गाउँमा पढ्न जदाँ धेरै समय लाग्ने गथ्र्यो ,बर्षायाममा पनि विद्यालय जानू पर्थ्यो अब साइकल पाएपछि समयको बचत हुने र समय मै विद्यालय पुगिन्छ भने साइकल पाएकी एक विद्यार्थीले खुशी ब्यक्त गरिन ।

साइकल वितरण गर्दै वडा अध्यक्ष मन्जु मिश्रले हरेक वर्ष छात्रा हरुलाई शिक्षा प्रति पहुच पुर्याउन बिद्यालय आवत जावतमा सहजता पुर्याउन बजेट छुट्याउने समेत प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो l
त्यतै वडा नं १० ले रेडक्रसकाे पहलमा र युनिसेफको सहयोगमा २ जना अनाथ बाल बालिकाहरू लाई ५-५ हजार समेत आर्थिक सहयाेग गरेका अध्यक्ष मिश्राले बताएका छन l
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

