नन्दु यादव /असार १० ,नवलपरासी
पश्चिम नवलपरासीको जिल्लाकाे प्रतापपुर गाउँपालिकाले अाज नवाै गाउँ सभा सम्पन्न गरेकाे छ ।गाउपालिकाले आगामी आर्थिक बर्ष ०७८/०७९ का लागि कुल ६९ करोड ५७ लाख ८० हजार ८ सय ३ रुपैया बराबरको बजेट ल्याएको छ ।
गाउँपालिका कार्यबाहक अध्यक्ष अन्जु कुमारी चौधरीको अध्यक्षतामा भएको गाउँपालिकाकाकाे नवाै सभाबाट अनुमानित बजेट सभामा प्रस्तुत गर्नु भएकाे हाे ।
गाउँपालिकाले प्रशासनिक खर्च तर्फ ३९ करोड ३१ लाख ५६ हजार र चालु तथा पुजीगत खर्च तर्फ ३० करोड २६ लाख २४ हजार ८ सय ३ रुपैया बराबरको अनुमानित बजेट गाउँपालिका उपाध्यक्ष एवं कार्यबाहक अध्यक्ष अन्जु कुमारी चौधरीले सभामा बजेट प्रस्तुत गर्नु भएको हो ।
उक्त बजेट नेपाल सरकारबाट अनुदान १४ करोड ५८ लाख,प्रदेश सरकारवाट बित्तीय समानिकरण अनुदान ६९ लाख २३ हजार,संघीय सरकार राजस्व बाडफाडबाट ८ करोड ७४ लाख ९६ हजार,प्रदेश सरकार राजस्व बाडफाडबाट ८८ लाख ६८ हजार,गाउँपालिकाको संचित कोष मौज्दात १४ करोड,संघीय सरकारबाट सशर्त अनुदान २५ करोड ७१ लाख र प्रदेश सरकारबाट सशर्त अनुदान १ करोड ४५ लाख ९४ हजार बिनियोजन गरेको छ ।

गाउपालिकामा कृषि ,स्वास्थ ,शिक्षा ,सडक , ब्यवसाय ,पशु ,पर्यटन ,खानेपानी लगायतकाे क्षेत्रलाई बिकासका लागि मध्येनजर गर्दै बजेट प्रस्तुत गरिएकाे बताईएकाे छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

