कृष्णनगर , असार १० ।
कृष्णनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ८३ करोड बराबरको बजेट नीति तथा कार्यक्रम मार्फत सार्वजनिक गरेको छ ।
बिहीबार कृष्णनगर नगरपालिकाको छैंठाे नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बजेट सार्वजनिक गरिएकाे छ ।
आ.ब. ०७८/०७९संघ र प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण शसर्त अनुदान, राजस्व बांडफांड, समपुरक अनुदान, विशेष अनुदान, माैजदात रकम र ३ कराेड आन्तरिक आय लागत सहभागिताबाट ८३ कराेड ३ लाख ९२ हजार ४८४ बजेट विनियोजन गरिएकाे प्रमख प्रशासकिय अधिकृत विजय बहादुर कार्कीले बताउनुभयाे । 
यस बर्षमा नगरपालिकाले कृषि, शिक्षा, स्वास्थ तथा आवश्यक पुर्वाधारर केही बहुवर्षिय याेजनाहरुमा बजेट बांडफांट गरिने नगरप्रमख रजत प्रताप शाहले बताउनुभयाे । उनले अबकाे याेजना कार्यक्रममा समाजिक विकास तर्फ विशेष बजेट विनियोजन गर्ने बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

