पर्सा १० असार । पर्साको धोविनी गाउँपालिकास्थित भिखमपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई एक थान हाउसहोल्ड अक्सिजन अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गरिएको छ ।
हन्ड्रेड्स ग्रुपले स्वास्थ्य कार्यालय पर्सा मार्फत उपलब्ध गराएको अक्सिजन कन्सनट्रेटर स्थानीय युवा नेता सन्तोष पटेलले केन्द्रका इन्चार्ज सन्तोष साहलाई हस्तान्तरण गरेका हुन् ।
कोरोनाभाइरस महामारीको समयमा अक्सिजनको आभावमा कसैलेपनि ज्यान गुमाउनु नपरोस भन्ने अभिप्रायले नेता पटेलले विशेष पहल गरेर स्वास्थ्य चौकीलाई अक्सिजन कन्सनट्रेटर उपलब्ध गराएका छन् ।
धोविनी गाउँपालिका लगायत क्षेत्रका अन्य गाउँपालिकासमेतका बासिन्दाका लागि स्वास्थ्यको प्रमुख केन्द्रका रुपमा रहेको स्वास्थ्य केन्द्रलाई कन्सनट्रेटरका रुपमा ठूलो सहयोग प्राप्त भएको केन्द्रका इन्चार्ज साहले बताए
हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष नन्दलाल प्रसाद कुर्मी , पूर्व गाविस अध्यक्ष अम्बिका राउत कुर्मी, नेकपाका जिल्ला सदस्य हरि राउत कुर्मी, उमेश पटेल, राम प्रसाद, अमित पटेल लगायतको उपस्थिति रहेको थियो
हन्ड्रेड्स ग्रुपले स्वास्थ्य कार्यालय पर्सालाई जिल्लाको विभिन्न स्थानमा हस्तान्तरण गर्नका लागि केहि दिन अगाडी २० थान कन्सनट्रेटर उपलब्ध गराएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

