रंजीत शर्मा/ नवलपरासी/१० असार ।
रामग्राम नगरपालिका आर्थिक वर्ष २०७८/०८९ मा ७३ करोड ५२ लाख ६ हजारको बजेट प्रस्तुत गर्दै प्रविधि मैत्री बनाउनमा जोड दिएको छ।
रामग्राम नगरपालिका भित्रका नगरबासी असोज महिना देखि निश्चित सेवाहरु घरबाटै लिन सकिने छन्। पटक पटक चेकको लागि पनि नगरपालिका आउने बाध्यता हटाउँदै इन्टरनेट बैंकिङ सेवाको सुरुवात समेत गर्ने भएको छ।
नगरपालिकाको ८ औँ नगरसभामा नगर प्रमुख नरेन्द्र कुमार गुप्ताको सभाअध्यक्षतामा नगर उप प्रमुख रम्भा कुँवरले आर्थिक बर्ष २०७८/०७९ को लागि उक्त बजेट सभामा प्रस्तुत गर्नु भएको हो । नगरपालिकाले कोभिड–१९ को रोकथाम, प्रविधि मैत्री,कृषि तथा पुर्वाधारलाई प्राथमिकतामा राखी उक्त बजेट निर्माण गरेका छ ।
नगरपालिकाले प्रस्तुत गरेको बजेटमा प्रशासनिक खर्च तर्फ १६ करोड रुपैया बिनियोजन गरिएको छ भने पुर्वधार निर्माण तर्फ १८ करोड २८ लाख रुपैया बिनियोजन गरिएको नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले पत्रकार सम्मेलन मार्फत जानकारी दिनु भयो ।
नगर प्रमुख गुप्ताका अनुसार पुर्वाधार निर्माण तर्फको बजेट मध्ये ७ करोड ७० लाख वडा स्तरीय पुर्वधार विकासका लागि बिनियोजन गरिएको छ भने नगर स्तरीय योजनाका लागि ६ करोड ३ लाख, सडक बोर्ड तर्फ ६५ लाख र समपुरक तर्फ ४ करोड रुपैया बिनियोजन गरिएको बताउनु भयो ।
सभा ३० गतेसम्मका लागि स्थगित गरिएको छ उक्त अवधिमा शिर्षक र योजनागत रुपमा बजेटको बाँडफाँड गरिने नगर प्रमुख गुप्ताले जानकारी दिनु भयो ।
नगरपालिकाले नगरसभाबाट आर्थिक बिधेयक, बिनियोजन बिधेयक र वातावरण तथा प्राकृतिक श्रोत संरक्षण विधेयक २०७८ गरि ३ वटा कानुन समेत पास गरेको छ ।
नगरसभामा नगर उप प्रमुख रम्भा कुँवरले आगामी आर्थिक बर्षका लागि प्रस्तुत गरेको निति तथा कार्यक्रममा, कोभिड–१९को रोकथाम र उपचार, गरिबि निवारण, एक घर एक करेसाबारीको निति लिइएको छ । त्यस्तै रामग्राम स्तुपमा संग्रालय, पन्डितपुरमा शान्ती कोलिय उद्यान निर्माण, छोरी बचाउ छोरी पढाउ कार्यक्रम जस्ता कार्यक्रम नगरपालिकाले ल्याएको छ ।
त्यस्तै नगरपालिकाले पूर्वाधार तर्फ ठूला योजनाहरुको डिपीआर पश्चात योजना संचालन गर्ने् एक वाड एक उत्पादन क्षेत्र, मेयर यूवा इलम कार्यक्रम, मेयर क्षत्रावृती कार्यक्रम बालमैत्रि स्थानीय शासन दिगोपान रणनीति बालबालिका संग मेयर ,एक वाड एक पोखरी एक नमुना पार्क, मेयर उज्यालो कार्यक्रम, सूचना तथा अभिलेक कक्षको निर्माण, सञ्चार माध्यमसंग समन्वय एबं सहकार्य गरिने, न्यायिक समितिलाई मजबुद बनाउने, महिलाहरुलाई शसक्तिकरण, जेष्ठ नागरिक संग मेयर उपमेयर, तिनिहरुलाई पोषणका सामाग्री र झोला वितरण गर्ने जस्ता निति लिईएको नगरप्रमुख गुप्ताले बताएका जानकारी दिनु भयो ।

निति कार्यक्रममा रामग्राम नगरपालिकाको पहिचान सहितको लोगो निर्माण र कार्यान्वयन गर्ने, कर्मचारी आचार संहिता जारी गर्ने, बेरुजुलाई सुन्यमा ल्याउने लगायतका कार्यक्रम निति कार्यक्रममा ल्याईएको छ । परासी क्षेत्र भित्रका हाटबजारहरु को सेवा शुल्क छुट गर्ने , २० मक्रो प्लास्टिक झोला बन्द गर्ने , फ्री वाई फाई जोन को स्थापना गर्ने , नगर सुरक्षाका लागी नगर प्रहरिमा बृद्धि गर्दै सिसिटीभी क्यामेराको जडान गर्ने, स्ट्रिट लाईट, भूमि व्यव्थापन, करदातालाई सम्मान र करछुटको निति लिईएको छ भने टोल बिकास सस्थाहरुलाई प्रभावकारी बनाउने र मेलमीलाप केन्द्रलाई वडावडा सम्म पु—याउने निति लिइएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

