Rashtriya Dainik

खाेप दुरुपयोग गरेको भन्दै नेपालि कांग्रेस बर्दघाट नगर कार्यसमितीकाे गम्भिर ध्यानाकर्षण

अन्तराष्ट्रिय समुदायले अनुदानमा उपलब्ध गराएको कोरोना बिरुद्धकको खोप स्थानिय तह,जनप्रतिनिधिले नै आफ्ना आसेपासे,नातागोता र आफ्ना कार्यकर्तालाई बितरण गरिएको भन्दै नेपालि कांग्रेस बर्दघाट नगर कार्यसमितीले गम्भिर ध्यानाकर्षण भएको बताएको छ ।

कांग्रेसले बिज्ञप्ती जारि गर्दै अनुदानमा प्राप्त खोप लगाउने क्रममा असार ६ गते बर्दघाट नगरपालिका स्थित चिसापानि अस्पतालको खोप केन्द्रमा नगगरपालिकाका जनप्रतिनिधिले स्वास्थ्यकर्मिलाई अस्वभाविक दवाब दिएर मापदण्ड बिपरित आफ्ना आसेपासे,नातागोता र कार्यकर्तालाई मात्र खोप दिएर जनस्वास्थ्यमाथि खेलबाड गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । आफ्ना निकटका कार्यकर्ता,आसेपासे र आफँन्त सगको मिलेमतोमा खोप दुरुपयोग गरेको जनगुनासो बढेपछि उक्त तथ्यांक लुकाउन आफ््नै कार्यकर्ता समेत प्रयोग गरी खोप रेकर्ड च्यात्दै ज्यान जोखिममा राखि कार्यरत स्वास्थ्यकर्मि र अन्य कर्मचारीमाथि अश्लिल र अपशब्द बाक्य बोल्दा पनि स्थानिय प्रशासन समेत मुखदर्शक बनेको कुराबाट कानुनी राज्यकोे खिल्ली उडेको विज्ञप्तीमा लेखिएको छ ।

बिज्ञप्तीमा कांग्रेस नगर कायसमितीले कोरोना महामारीमा ज्यान गुमाउनुहुने नगरबासिप्रति श्रद्धाञ्जली अर्पण गर्दै संक्रमितको स्वास्थ्यलाभको कामना सहित संकटकाबेला नागरिकको स्वाास्थ्यप्रति आफ्नो ज्यान संकटमै राखि खटिने स्वास्थ्यकर्मी,चिकित्सक लगायत सबै फ्रन्टलाईनरको क्रिययाशिलता प्रति उच्च सम्मान प्रकट गरेको छ ।

विज्ञप्तीमा आफ्ना कर्मचारिमाथि भएको दुव्र्यहारप्रति अस्पतालका अध्यक्ष समेत रहेका नगरप्रमुख धिरज शर्मा वस्याल मौन रहनुुले घटना झन् रहस्मय बनाएको भन्दै कांग्रेसले यस्ता अपराधिक घटनामा संलग्नको संरक्षण गरि घटना लुकाउने प्रयत्न जारी राखे आफुहरु शसक्त प्रतिरोधमा उत्रिन बाध्य हुने उल्लेख गर्दै चेतावनी समेत दिईएको छ ।

खोपममाथिको राजनिती तुरुन्त बन्द गरी अपराधीमाथी तुरुन्त कारबाहि र खोप बितरणमा पारदर्शिता कायम गर्न कांग्रेसले जोडदार माग गरेको छ । नेपाली कांग्रेसका नगर सभापती सम्भुलाल श्रेष्ठ द्धारा हस्ताक्षरीत विज्ञप्तीमा जनताको स्वास्थ्यप्रतीको हक स्थापित गर्न आवश्यक पर्दा जस्तोेसुकै मुल्य चुकाउन समेत तयाार हुने र स्थानिय सरकारले नागरिकमाथि गगरेको खेलबाड नसहने चेतावनि दिईएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित