Rashtriya Dainik

पर्साको छिपहरमाई गा.पामा ४० करोड ५२ लाखको बजेट प्रस्तुत

लालबाबु बानिया/पोखरिया ९ असाढ
पर्सा जिल्ला को छिपहरमाइ गाउँपालिकाको १२ अौ गाउँ सभा आर्थिक बर्ष ०७८/०७९को नीति तथा कार्यक्रममा ४० करोड ५२ लाख बराबरको अनुमानित बजेट गाउँपालिका को प्रमुख प्रसाशकिय अधिकृत देवनाथ साह ले प्रस्तुत गर्नु भएको थियोे । छिपहरमाई गाउँपालिका को १२ अौ गाउँ सभा को उदघाटन गाउँपालिका कार्यालय को सभा हलमा गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ता ले एक कार्यक्रम को बिच उद्घाटन गर्नु भएको थियो। गाउँ सभा बाट ०७८/०७९ को बजेटमा छिपहरमाई गाउँपालिका अध्यक्ष कुमार गुप्ताले नयाँ नवलो योजना गापामा लागू गर्नु भएका छन । गरिब,दलित , अतिबिपन परिवार का छोरीहरुको बिहेमा कन्यादान राशी दिने घोषणा गर्नु भएको छ। नेपालको पहिलो गाउँपालिका छिपहरमाई रहेको गापा अध्यक्ष गुप्ताले बताए । गरिब , दलित ,र बिपन परिवारका छोरी हरु को बिबाह मा कन्यादान अनुदान योजना राशी दिने अध्यक्ष गुप्ताले जनाएका छन। गरिब,दलित बिपन परिवारका छोरीहरुको बिहेमा कन्यादान राशीबाट सो परिवारलाई ठूलो सहयोग पुगने गापा अध्यक्ष गुप्ताले बताएका छन। छिपहरमाई गाउँपालिकामा जन्म लिने बालिकाहरुलाई दुई लाखको बालिका स्वर्ण बिमा कार्यक्रम संचालनमा रहेकोले बिमा कार्यक्रमलाई निरन्तरता दिनु भएको छ। जन्मेको ३५ दिन भित्र जन्मदर्ता बनाई गाउँपालिकामा पेस गरेपछी गाउँपालिकाले सो बालिका २० हजार बराबर को एकमुस्ट रकम बैंंकमा बुझाए पछी बिस वर्षमा बालिकाको शिक्षा र बिबाहको लागी दुई लाख अाउने यो रकम बाट सहयोग पुगने गाउँपालिका अध्यक्ष मनोज कुमार गुुुप्ताले बताए । अहिलेको बजेटमा बिषेश प्राथमिकता शिक्षा र स्वास्थ्य को साथै छोरीहरुको बिबाहमा कन्यादान राशी , बालिका स्वर्ण बिमा कार्यक्रम , साना किसानहरुको घर परिवारमा ,धुवामुक्त ग्यास चुलो , ग्यास सलेन्डर बितरण गरिने योजना रहेको गापा अध्यक्ष गुप्ता ले जनाउनु भएको हो। गाउँपालिका मा रहेको जेस्टनागरिक,एकल महिलाहरुलाई सम्मान कार्यक्रम गरिने,गाउँपालिकामा रहेको बिधार्थीहरुलाई निशुल्क कोचिङ को ब्यवस्थापन मिलाउने ।साथै सिफारिस शुल्क नलिने गापा अध्यक्ष गुप्ताले जनाएका छन । प्रतेक वार्डहरुमा वार्ड र गाउँपालिकामा बराबर बिकास निर्माण र अन्य कामको रकम बिन्योजन गरिएको छ। नेपाल सरकारबाट सर्शत अनुदान
अन्तर्गत रु १३ करोड ६२ लाख। बितिय समिकरण ११ करोड३६ लाख ६२ हजार। राजस्व बाडफाड ६ करोड २७ लाख लगायत रहेको छ। छोरी हरु को बिहेमा कन्यादान अनुदान राशी योजना कार्यक्रम , समाजिक सुरक्षा स्वास्थ्य, शिक्षा, कृषि पर्यटन,महिला ,बालबालिका स्वर्ण बिमा लाई नियनतर्ता दिएकोछ। लगायत रहेको छ।
स्वास्थ्य, शिक्षा, पोषण, बाल संरक्षण तथा सरसफाइ विपद
जोखिम न्यूनीकरण र बाल केन्द्रित योजना कार्यक्रमको लागि नेपाल सरकार र अन्य बाट अाउने अनुमानित बजेट
जम्मा ४०करोड ५२ लाखको अनुमानित बजेट
प्रस्तुत साहले गर्नु भएको छ।
बिनियोजन बजेट भएको नीति तथा कार्यक्रम
गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताको अध्यक्षतामा सम्पन भएको थियो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मोदिना खातुन, प्रमुख प्रसाशकिय अधिकृत देवनाथ साह, जिल्ला समन्वय समिति पर्सा का सदस्य सुबास साह, ज्ञानबहादुर साह,वार्डअधयक्ष राजबली यादव, महेन्द्र साह कलवार,बिनोद साह , बालक गदी, मौजिलाल साह, लगायत कार्यपालिका सदस्य र गाउँपालिका को समपुर्ण महिला ,पुरुष को सहभागिता रहेको थियोे ।गाउँ सभामा ईन्जिनियर प्रकास कुमार गुप्ता , लेखापाल सागर महराठा, प्रसांत कुमार गुप्ता , अाईटी अौफिसर संजिव यादव, स्वास्थ्य संयोजक शम्भु साह, समेत कर्माचारीहरुको सहभागिता रहेको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित