Rashtriya Dainik

पश्चिम नवलपरासीमा ६० करोडको लगानीमा गण्डक नहरको वृहत् मर्मतसम्भार हुँदै

महेश यादव नवलपरासी ,८ असार

पश्चिम नवलपरासीकाे विभिन्न स्थानमा रहेको गण्डक नहरहरुकाे मर्मतसम्भार तथा सरसफाइ कार्य गरिएको छ ।
जिल्ला भित्रका विभिन्न खेतीयोग्य जमिनमा नियमित सिँचाइ गर्नका लागि गण्डक नहरको मर्मतसम्भार कार्य सुरु गरिएको छ ।

बर्सेनि नहरमा भरपुर पानी अाउन समस्या भएपछि जिल्ला भित्रका सम्पूर्ण गण्डक नहरहरुकाे सरसफाइ गरि खेतीयोग्य जमिनमा नहरको पानिबाट सिचाइ गर्न सझिलाे हुने र किशानहरुलाई मद्दत पुग्ने गरि सहज बनाईकाे छ ।

नेपाल सरकारले देशभित्रका सम्पूर्ण गण्डक नहरहरुकाे वृहत मर्मत सम्भार तथा सरसफाइ गरिरहेको छ । प्रत्येक ५० बर्षभित्र नहरको पुनरसंरचना गर्ने कार्य अन्तर्गत सरकारले ६० करोड रुपैयाँको बजेट लगानीमा नेपाल गण्डक पश्चिम नहर सिँचाई प्रणालीलाई व्यवस्थित गर्ने र खेतीयोग्य जमिनमा पानी पुर्‍याउने उदेश्यले गण्डक नहरको वृहत सरसफाई तथा मर्मत सम्भार कार्य गरिरहेको हाे ।

लामो समयदेखि गण्डक नहरको मर्मत सम्भार तथा सरसफाइ नभएको र नहरका साईफन,गेट, कुलो जस्तो विभिन्न संरचनाहरु जिर्ण भएर भत्किएकाले नहरमा आवश्यक मात्रामा पानी नआउने कारणले खेतीयोग्य जमिनहरुकाे सिँचाइबाट किसानहरू बन्चित भएका पनि थिए । तर यश वर्षदेखि गण्डक नहरमा पानि भरपुर मात्रामा अाएपछि किसानहरु खुसि भएका छन ।

नेपाल भारत गण्डक सम्झौता अनुसार भारत सरकारले जिल्लाको साविक २२ गाउँ विकास समितिका खेती क्षेत्रलाई सिँचाई हुने गरि वि.सं. २०३६ सालमा नहर सिँचाई प्रणाली बनाई नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । वि.सं २०२४ सालबाट गण्ङ नहरको संरचना निर्माण कार्य शुरु भएर वि.स. २०३५ सालमा सम्पन्न भएको थियो । नेपाल गण्डक पश्चिम नहर सिँचाई प्रणाली जल उपभोक्ता समिति नवलपरासीका अध्यक्ष हैदर अलि मोमिनले बताउनुभएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित