कपिलवस्तु / ८ अषाढ
सिद्धार्थ सामाजिक बिकास केन्द्र कपिलवस्तुले ५ हजार ५ सय ५८ जना महिला स्वास्थ्य स्वयसेविकालाई स्वास्थ्य सुरक्षाका सामग्री सहयोग गरेको छ । युनिसेफ नेपालको सहयोगमा कपिलवस्तु सहित लुम्बिनी प्रदेशका ६ जिल्ला रुपन्देही ,बाके ,बर्दिया , दाङ ,पश्चिम नवलपरासीका गरि ५९ स्थानिय तहमा रहेका महिला स्वास्थ्य स्वयसेविकालाई स्वास्थ्य सुरक्षाका सामग्री सहयोग गरेको हो । कोभिड १९ को संक्रमण नियन्त्रण र उपचारमा समुदाय स्तरमा खेलेको भूमिकालाई सम्मान गर्दै थप अझ समुदाय स्तरमा सेवा प्रबाह गर्न सहज होस भन्ने उद्देश्यले सामाग्रीहरु वितरण गरिएको हो । स्वास्थ्य सामाग्री स्वारुप मास्क ,सेनिटाईजर ,साबुन ,फेस शिल्ड र पोषण संग सम्बन्धि सचेताना सामाग्रीहरु वितरण गरिएको सिद्धार्थ सामाजिक बिकास केन्द्रका कार्यक्रम प्रबन्धक प्रकाश घिमिरेले बताउनुभएको छ । सम्बन्धित पालिकामा रहेका स्वास्थ्य शाखा संग सहकार्यमा उक्त सामाग्रीहरु वितरण गरिएको जानकारी गराउनुभयो । कोरोना महामारीका बेला महिला स्वास्थ्य स्वयमसेविकाहरु निरन्तर आफ्नो भुमिका निर्वाह गरिहेका छन् । स्वयमसेविकाहरुको हौसला बढाउने उदेश्यले स्वास्थ्य सामाग्री वितरण गरेको सिद्धार्थ सामाजिक बिकास केन्द्रका अध्यक्ष तेज प्रसाद आचार्यले बताउनुभयो । यूनिसेफ नेपाल र सिद्धार्थ सामाजिक बिकास केन्द्रको सहकार्यमा सञ्चालित कोरोना प्रतिकार्य योजना कार्यक्रम अन्तगर्त प्रदेशका बिभिन्न जिल्लामा यस्ता खालका कार्यक्रमहरु निरन्तर सञ्चालन गर्दै गईरहेको संस्थाका कार्यक्रम अधिकृत अजय चौधरीले बताउनुभएको छ । यता स्वास्थ्य सामाग्री पाएपछि यूनिसेफ नेपाल र सिद्धार्थ सामाजिक केन्द्रलाई धन्यावद दिदै महामारीको समयमा स्वास्थ सामाग्री पाएपछि थप राहत मिलेको महिला स्वास्थ्य स्वयमसेविकाहरुले प्रतिक्रिया दिएका छन ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

