Rashtriya Dainik

आई एम ई लाईफ इन्स्योरेन्स कोहलपुर शाखाद्वारा तीन दिनमै २० लाखको मृत्युुदावी भुक्तानी

८ असार,आई एम ई लाईफ इन्स्योरेन्स कोहलपुर शाखा कार्यलायाले २० लाख २६ हजार मृत्युुदावी भुक्तानी गरेको छ ।
बिमा गरेको एक बर्ष पूरा नहुदै कोहलपुर ५, बाँकेका ३४ बर्षिय लक्ष्मण कुमार थापाको बैशाख २२ गते कोरोना संक्रमणका कारणले मृत्यु भएको थियो । निधन पछिको १३ दिने काजकिरिया लगतै एजेन्सी म्यानेजरले समयमै कम्पनिलाई जानकारी गराउन र कागजी प्रक्रिया अगाडि बढाउन धेरै सहयोग गरेको र कम्पनीको कर्मचारीले पनि राम्रो ब्यवहार र सहजीकरण गरि छिटो भुक्तानी गरिदिएको मृतककी श्रीमति हिमा न्यैपानेले सबैलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । कार्यक्रममा बोल्दै आई एम ई लाईफ इन्स्योरेन्स कम्पनीका प्रदेश प्रमुख ले कम्पनीका सबै काम डिजिटल माध्यममा बाट हुने कुरा जानकारी गराउदै आउदो दिनमा अनलाईन को माध्यमवाट दाबिकर्ता स्वयंले आफै घरै बाट भुक्तानी लिने ब्यवस्थापनतिर कम्पनी लागिपरेको कुरा ब्यक्त गर्नुभयो ।।
कार्यक्रममा कोहलपुर शाखाको सबै कर्मचारी र एजेन्सी म्यानेजर देबेन्द्र पौडेल, खुम डाङ्गी र तेज बहादुर अधिकारिको उपस्थिति थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित