Rashtriya Dainik

सियारी गाउपालिकाको नवौं गाउ सभा शुरु

तुलसी राम पौडेल /सियारी, असार ७
रुपन्देहीको सियारी गाउपालिकाको नवौ गाउसभा सोमबारदेखि शुरु भयो ।गाउ सभा अध्यक्ष अयोध्या प्रसाद थारुको अध्यक्षतामा सम्पन्न गाउ सभा बैठकले हालै बैशाख २५ गते कोभिडको कारणले निधन हुनु भएका गाउ सभा सदस्य एवं वाड नम्बर ५ का वडा सदस्य श्याम शर्मा भुसालको शोक सभा प्रस्ताव पारित गरेको छ।
सियारी गाउपालिका वडा नम्बर ५ का वडा अध्यक्ष थम्मन बहादुर पौडेलद्वारा पेश भएको शोक समवेदना प्रस्ताव वडा नम्बर २ का वडा अध्यक्ष राम किसुन थारुले समर्थन गर्नुभएको थियो जुन गाउ सभा अध्यक्ष अयोध्या प्रसाद थारुले निर्णार्थ पेश गर्नुभएको थियोे जसलाई गाउ सभाका सदस्यहरुले सर्वसम्मत रुपमा पारित गरी गाउ सभाको दोस्रो बैठक असार ९ गते दिउँसो १ बजे बस्ने गरी सोमबारको बैठक समापन भएको थियोे । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मिन प्रसाद भट्टराई ,लेखा शाखा प्रमुख नारायण प्रसाद पौडेल लगायत विभिन्न शाखा प्रमुखहरु , गाउ सभा सदस्यहरुको उपस्थिति रहेको थियो ।
गाउपालिका उपाध्यक्ष अमृता गुरुङको स्वागत मन्तव्य रहेको गाउ सभाको संचालन प्रसासन प्रमुख चिरञ्जीवी गौतमले गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित