Rashtriya Dainik

दुर्घटनामा धनकुटा कांग्रेस सचिव थापासहित दुईको मृत्यु संग्रह

धनकुटा — मोटरसाइकल दुर्घटना हुँदा कांग्रेस धनकुटा जिल्ला सचिव ५० वर्षीय कृष्णबहादुर थापासहित दुई जनाको आइतबार राति मृत्यु भएको छ ।

मोरङको सुन्दरहरैचा–९ विराटचोकमा पूर्व पश्चिम राजमार्गमा टिपर र को ३६ प ५९७९ नको मोटरसाइकल ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । सोही क्रममा पूर्वतर्फ जाँदै गरेका सचिव थापा सवार को २९ प ९५५० नं. को मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका थापाको धरानस्थित बीपी कोराइला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा राति साढे ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
धनकुटाको पाख्रिबास नगरपालिका–७ मुगाका थापासँग सवार सोही ठाउँका २७ वर्षीय भीमबहादुर थापा गम्भीर घाइते भएका छन् । उनको विराट नर्सिङ होममा उपचार भइरहेको छ । टिपरसँग ठक्कर दुर्घटना परेको अर्को मोटरसाइकलमा सवार इटहरी–४ का ३५ वर्षिय दिपु साहको पनि ज्यान गएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपाली कांग्रेस धनकुटाले थापा निधनको शोकमा तीन दिनसम्म कार्यालय बन्द गर्ने जनाएको छ । थापाको मूलघाटस्थित तमोर नदी किनारमा सोमबार अन्त्येष्टि गरिने कांग्रेसका जिल्ला सचिव विजयसन्तोषी राईले जानकारी दिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित