Rashtriya Dainik

चिसापानी अस्पतालमा खोपकार्ड र अभिलेख फाईल च्यातियो

चिसापानी अस्पताल बर्दघाटमा खोप लगाउन नपाएको भन्दै एक ब्यक्तिले खोपकार्ड र रेकर्ड पुस्तिका नै च्यातेर हिडेका छ्न।

खोप लगाउने कार्यक्रम सकिसकेको अवस्थामा एक अपरिचित ब्यक्ती आएर आफ्नो मान्छेले खोप लगाउन नपाएको आक्रोश पोख्दै ती ब्यक्तिले खोप कार्ड र अभिलेखहरुनै च्यातेर हिडेको अस्पतालका सुचना अधिकारी रमेश न्यौपानेले जानकारी दिनु भयो।

आईतवार सन्चालन खोप अभियानमा १५० जनाले भेरोसिल र ६० जनाले दोस्रो डोज कोभिसिल्ड खोप लगाएको सुचना अधिकारी न्यौपानेले बताउनु भयो।

घटना हुदा थुप्रै ब्यक्तिहरु त्यहा रहेपनी ती ब्यक्ती नसमातिनु र कसैले रोक्ने प्रयास नगर्नु दुखद पक्ष भएको न्यौपानेले बताउनु भयो।


बर्दघाट नगरपालिकाका प्रमुख धिरज शर्मा बस्यालले आफुले घटना थाहा पाए लगत्तै प्रहरी लाई खबर गरिएको बताउनु भयो।कहि कतै खोप लगाउन नपाएका ब्यक्तीहरुको आक्रोशका कारण घटना भएको हुन सक्ने र यस बिषयमा अनुसन्धान भैरहेको नगर प्रमुख बस्यालले जानकारी दिनुभयो।सबै नागरिकहरुलाई खोप उपलब्ध गराउने कुरामा आफुहरुले पहल गरिरहेको पनि उहाले बताउनु भयो। विषम परिस्थितिमा खोप उपलब्ध हुनु र सबै नागरिक नछुटुन भन्ने नै मुख्य बिषयबस्तु भएको नगर प्रमुख शर्माको भनाई छ।

यता इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक कपिल वाग्लेले भने अस्पताल बाट खोप अभियानका बारेमा पुर्व जानकारी नभएको र घटना भएपछि मात्र खबर पाईएको बताउनु भयो।जानकारी प्राप्त भए लगत्तै घटना स्थल पुगिएको र प्रत्यक्षदर्शीको भनाईका आधारमा हुलिया टिपोट गरिएको वाग्लेले बताउनु भयो।अघिल्लो चरणको खोप अभियानमा आफुले खोप केद्रहरुमा सुरक्षाकर्मी खटाएको बताउदै अहिले सुरक्षा निकाय सग समन्वय नभएका कारण पनि यस्ता घटना हुने गरेको वाग्लेले बताउनु भयो।

चिसापानी अस्पतालका सुचना अधिकारी रमेश न्यौपानेले लक्षित बर्गका ब्यक्तीहरुलाई मात्र खोप आएको र सोही अनुरुप खोप लगाईए पनि कहि कतै बाट जनप्रतिनिधिहरु र केही ब्यतिहरुबाट खोपका लागि आग्रह र दवाब भने आउने गरेको न्यौपानेले घुमाउरो र शैलिमा बताउनु भयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित