दिपेन्द्र खत्री -अर्घाखाँची । कुन समयमा मानिसलाई आपत आइलाग्छ त्यो कसैलाइै थाहा हुँदैन् । समाजमा सबैका असल र प्रिय रहेका प्रवेश सेजवालकाे जीवनमा अप्रत्याशित घटना भएको छ । उक्त घटनाले उनको जीवनमा सुन्दर संसारको कल्पना–कल्पनामै सिमित हुने भएको छ ।
अर्घाखाँचीकाे छत्रदेव गाउँपालिका ८ (सानो चेक्मी घैयार)का अन्दाजी ३० वर्षिय प्रवेश सेजवाल जीवन र मरणको दोसाँधमा छन्। अाफुलाई निकाे बनाउने विमारकाे अाैषधी नै नभएका पीडित सेजवाल थलिएको एक वर्ष भन्दा धेरै भयो।
अाफुले डाईभर पेशा गर्दै अरुकाे ज्यान काे सुरक्षा सहित गन्तव्य सम्म पुर्याउने सेजवाले अाफ्नाे जिवनमा यस्ताे हाेला भनेर कल्पना सम्म गरेका थिएनन् ।गाडि साहुकाेमा छाडेर काम वाट घर फर्किदा उनी बाटाेमा चिप्लिएर लडे अनि उनी माथी ठुलाे अप्रत्याशित घटना घट्याे सानाे परिवार र सुन्दर परिवार भएका सेजवाल अहिले स्पाइल इन्जरी पुनःस्थापना केन्द्र भैंसी पाटि भक्तपुरमा जीवन र मरणको दोसाँधमा छन्। दिनभर मजदुरी गरेर छाक टार्ने सेजवाल परिवारलाई उपचार खर्च जुटाउनु एका देशको कथाजस्तै भएको छ।

सेजवालको परिवारसँग भएको अाठ – दश लाख यस अघिनै विभिन्न अस्पतालमा चेकजाँचमै सकियाे उनलाई थप उपचारका लागि व्यक्तिगत रुपमा सहयाेग उठाईयाे, स्थानीय सरकारले पनि केही सहयाेग गर्याे । तर विमारी सेजवाल लाई विसकाे उन्नाईस भएन ,त्यस पछि घर ल्याईयाे घरमा अाउदाँ सम्म उनकाे शारिरिक अंग कुनै पनि चल्न नसक्ने र बाेल्न पनि नसक्ने अबस्था थ्याे ,अनि घरमा केही महिना वसे, घरमा रहेकाे समय अबधिभर प्राकृतिक उपचार र थेरापी ले उनमा केही सुधार अायाे त्यस पछि गुल्मी जिल्लाकाे रेसुङ्गा नगरपालिका तम्घासमा रहेकाे आशा अपङ्गा केन्द्रमा ल्याएकाे सेजवालकि श्रीमती साबित्रा सेजवालले बताईन्।मृत्यु कुरिरहेका सेजवालले ओछ्यानमै बाच्ने अाशले लडिरहेका छन् गाउँमा थाेरै जग्गा र सानो घरबाहेक अरु केही छैन उनको परिवारसँग।
‘अब कसले बचाउँछ,’ आँखाभरी आसुु पार्दै श्रीमती साबित्रा सेजवालले भनिन् । आँखै अगाडि श्रिमानकाे मृत्यु देख्न कसले पो सक्छ र? तर साबित्रासँग श्रिमानको मृत्यु पर्खेर बस्नुबाहेक कुनै विकल्प छैन। ‘बेलाबेलामा आत्महत्या गरौंझैं लाग्छ।’ उनी भनिन्
दिनभर मजदुरी गरेर गुजारा चलाउने बाबुले भन्छन् भगवानको दैनिकी पनि छाेराको हेरचाहमै बित्छ। ‘छाेराे बाच्छ भन्ने आशा त छैन।’ रुन्चे स्वरमा उनले भने, ‘थप उपचारका लाई पैसा ल्याउने सम्भावनै छैन।’ पैसै नभएपछि बाच्ने आशा पनि मरिसक्योे।‘मृत्यु कुरेर ओछ्यानमा सुतेको एउटा पीडितलाई हामीले गरेको सानो सहयोगले पुनर्जीवन दिन सक्छ।
सेजवाललाई सहयाेग गर्नकाे लागि श्रिमति साबित्रा सेजवाल
सम्पर्क :9843694530
Esawa:9841821259
थप जानकारी
पत्रकार दिपेन्द्र खत्री
सम्पर्क:9863325121
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

