Rashtriya Dainik

परोपकार युवा समाज अर्घाखाँचीले सचेत गराउदै बाड्यो स्वास्थ्य सामाग्री

अनन्त प्रसाद घिमिरे /अर्घाखाँची

परोपकार युवा समाज अर्घाखाँचीले सेवा र सहयोगलाई अभियानकै रुपमा अघि बढाउने क्रममा आज अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर २ मा स्वास्थ्य सामग्रीहरु वितरण गरेको छ।
युवा समाजले कोरोनाको कहर समुदायमा अझै पनि उत्तिकै रहेको ठहर गर्दै नगरपालिका भित्रका करिब २० घरधुरीलाई समाजका अध्यक्ष हलिम खानको नेतृत्वमा गएको युवा टोलीले माक्स , सेनिटाइजर, सावुन जस्ता स्वास्थ्य सामग्रीहरु वितरण गरेको हो।

एउटै माक्सलाइ परिवारका सबै सदस्यहरुले प्रयोग गरेको तथा स्वास्थ्य मापदण्डलाइ पालना नगरेको भन्ने जानकारी प्राप्त भएपछी समाजले स्वास्थ्य सामग्री लिएर उक्त ठाउँमा पुगेको जनाएको छ।
माक्सको सहि ढंगले प्रयोग गर्ने, नियमित हात धुने तरिका लगाएत कोरोना भाईरस सम्बन्धि जनचेतनामूलक कुराहरु पनि अध्यक्ष खाँनले त्यहाँका स्थानीयहरुलाई जानकारी गराउनु भएको हो ।
युवा समाजका अध्यक्ष खाँनले यसप्रकारको अभियानलाई अन्य ठाउँमा पनि लैजाने बताएका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित