सहबान अन्सारी /नवलपरासी, ४ असार
नवलपरासीमा २४ हजार मुल्य बराबरको अबैध कुखुरा नष्ट गरिएको छ ।
शुक्रवार सुस्ता गाउपालिका वडा नं. ५ बनकट्टी नाकामा भारतबाट अबैध रुपमा नेपालतर्फ ल्याउदै गरेकाे १ क्विन्टल जिउँदो बोइलर कुखरा सशस्त्र प्रहरी बल नेपाल बर्डर आउट पोष्ट बलिनगरका सशस्त्र प्रहरी नायब निरिक्षक सुरेन्द्र मल्लको नेतृत्वमा गएको गस्ती टोलीले नियन्त्रणमा लिएको हो।
उक्त कुखुरा मानिसहरुले साईकिलमा ल्याउदै गर्दा सशस्त्र प्रहरीको टोली देखेपछि कुखुरा फाली भागेका सशस्त्र प्रहरी निरिक्षक जोगीन्द्र केसीले बताए।
नियन्त्रणमा लिएकाे कुखुरा स्थानीय ,पशुक्वाईरानटाईन , पत्रकार लगायतहरुकाे राेहबरमा नष्ट गरिएकाे नेपाल बर्डर आउट पोष्टले जनाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

