Rashtriya Dainik

मनसुन भित्रिएसँगै बझाङमा पनि अविरल वर्षा : सतर्कता अपनाउन नगर प्रमुखको आग्रह

दोरेन्द्र खड्का बझाङ बझाङमा विगत ४ दिनदेखि निरन्तर पानी परिरहेको छ । मनसुन भित्रिएसँगै बझाङमा पानी पर्न थालेको हो । अविरल वर्षाका कारण बाहुली गाड, सेती नदी,सुनी गाड र कालंगा नदिमा पानीको बहाव उच्च र जोखिमयुक्त रहेको छ । खोला नालामा पानीको बहाव बढ्दा जिल्लाका केही गाउँ उच्च जोखिममा परेका छन् ।
बझाङ जिल्ला भर ३ सय ९५ स्थान जोखिममा रहेको जिल्ला विपद व्यवस्थापन समितिको तथ्यांङकमा उल्लेख गरिएको छ ।

यसै बीच जयपृथिवी नगरपालिका ले नदि आसपासका क्षेत्रका बासिन्दाहरूलाई बर्षादका कारण अन्य विभिन्न जिल्लाहरूमा भएको बाढी, पहिरो, नदी कटान र डुबान जस्ता विपद्का घटनाबाट जनधनको ठुलो क्षति पुर्‍याएका घटनालाई अवगत गराउँदै, बझाङ जिल्लामा समेत बर्षादका कारण नदोहोरियलान भन्न नसकिने भन्दै सचेत गराएको हो ।सो समयमा नदिखोला नजिक गई दाउरा, बालुवा, गिट्टि, संकलन, नदी खोलामा नुहाउन, माछा मार्न तथा जरुरी काम बाहेक एक्लै हिड्ने जस्ता संभावित विपदसंग संम्वन्धित कुनै पनि काम कारबाही नगर्न तथा आवश्यक सतर्कता अपनाउन जिल्लाबासिलाई आग्रह गरेको छ ।

जोखिमका विषयमा नगरपालिपका ले जिल्ला प्रशासन कार्यालय र विभिन्न सरोकारवाला निकायहरूसँग नियमित समन्वय तथा प्रत्यक्ष सम्पर्क भइरहेको नगर प्रमुख बिरेन्द्र खड्का ले जानकारी दिनुभएकाे छ । साथै नगरपालिका भित्र केही समस्या देखिएमा तत्काल नगरपालिका काे कार्यालयमा जानकारी गराउन नगर प्रमुख बिरेन्द्र खड्का ले आग्रह समेत गर्नुभएकाे छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित