Rashtriya Dainik

डिभर्नामा ने.बि.संघ र तरुणदल युवाहरुले वितरण गरे अति बिपन्नलाइ राहत र स्वास्थ्य सामाग्री

हलिम खाँन ०२ असार अर्घाखाँची ।
नेपाल बिद्यार्थी संघ र तरुण दल डिभर्नाका युवाहरुले सन्धिखर्क नगरपालिका वार्ड नम्बर ११ डिभर्नामा खाद्यान्न तथा स्वास्थ्य सामाग्री बितरण गरेका छन।

बिश्वभर महामारी रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड १९ का संक्रमणका कारण खाद्यान्न अभाव नहोस भनी राहत बितरण गरिएको युवाहरूको भनाई छ ।

त्यस ठाउँमा अझै सम्म जनताको समस्या बुझ्ने गरी कोहि पनि राहत लिएर नगएको महसुस गरि आफुहरु कटिबद्ध रुपले लागी परेको समेत बताएका छन । युवाहरुले प्रत्येक १०७ घरधुरी लाई राहत स्वरुप नुन , तेल ,चामल , दाल र केही स्वास्थ्य सामाग्री बितरण गरेका हुन ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ११ डिभर्नाका (अमिले , जोगीमारे, रामपथ ) लगायत ठाउँमा बितरण गरिएको हो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित