Rashtriya Dainik

सरावल गाउँपालिकाकाे भुभाग जलमग्न

उमेश बि.क / नवलपरासी , २ असार

पश्चिम नवलपरासीकाे सरावल गाउँपालिकाकाे केही भुभाग जलमग्न भएको छ ।तीन दिनकाे अबिर वर्षाले सरावल गाउँपालिकाकाे केही भुभाग सहित घर पनि डुबानमा परेको छ ।

गाउँपालिका भित्रका वडा नम्बर २,३,४,५,६ र ७ लगाएतका भुभाग र घरहरु जलमग्न भएको छ ।बर्सेनि वर्षका कारण अाउने बाडिले भुभाग सहित घरहरू समेत बाडिले डुबानमा पर्ने गरेको र याे वर्ष समेत जलमग्न भएको छ ।

सरावल गाउँपालिका वडा नम्बर ५,६ र ७ का धेरै जसाे भुभाग र घरहरू डुबानमा परेको र बालिनालि समेत डुबानमा परेको छ । प्रत्येक बर्ष अाउने बाडिले स्थानीय बासिहरुकाे जनजिवन प्रभावित बनाउने गरेको र यसकाे राेकथामका लागि स्थानीय सरकारले समयमै पहल नगरेकोले समस्या खेप्नुपरेको अाम जनसमुदायको गुनासो रहेको छ ।

वर्षा याममा अाएकाे बाडिले बालिनालि र धनजनको क्षति समेत गर्ने गरेको र अावत जावतमा समस्या भए तापनि स्थानीय सरकारले केही सेवा सुविधा उपलब्ध नगराएकाे गाउँपालिका बासिहरुले दुख पाेकेका छन । एकातिर काेराेनाले ज्यालादारी गर्न नपाएर एक छाक टार्न कठिन भएको र लाईट नहुदा अध्याराेमा अावत जावत गर्न समस्या परेको स्थानीय सन्दिप यादवले बताएका छन ।

वडा नम्बर ६ र ७ का कुर्थावल जिगिनिहवा मधवलिया खडाैना नाैडिहवा,भुजहवा गडेशपुर र पाल्हिनन्दनकाे शंकरपुर बढि डुबानमा परेको छ।

 

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित