Rashtriya Dainik

सुस्ता गाउंमा बाढीकाे पानी पस्न थालेपछि …

वृजराज कुशवाहा, २ असार नवलपरासी।

अबिरल वर्षाका कारण नारायणी नदीमा पानीकाे स्तर बढने क्रममा छ । बुधवार विहान ९ बजे गरिएकाे मापन अनुसार त्रिवेणी व्यारेजमा ३ लाख ८० हजार ४ सय क्युसेक पानी डिस्चार्ज भइरहेकाे मापन केन्द्रले जनाएकाे छ ।

यसअघि विहान ८ बजे गरिएकाे मापन अनुसार व्यारेजमा ३ लाख ७२ हजार ८ सय क्युसेक पानी डिस्चार्ज भइरहेकाे मापन गरिएकाे थियाे भने विहान ५ बजे ३ लाख ५० हजार क्युसेक पानीकाे बहाव मापन गरिएकाे थियाे ।

पानीकाे बहाव बढदाे क्रममा रहेकाेले नदी तटिय क्षेत्रमा बसाेबास गर्नै स्थानीयवासीलाइ सजग रहन अनुराेध गरिएकाे छ । जिल्लाका विभिन्न खाेलानालाहरुमा बाढीकाे पानी बढ्न थालेकाे छ । नारायणी नदीमा बढदाे पानीकाे बहाव संगै आज विहान ८ बजेदेखि सुस्ता गाउंमा बाढीकाे पानी पस्न थालेकाे छ । बाढीकाे पानी गाउंमा पस्न थालेपछि सामुदायिक विपद व्यवस्थापन समितिले गाउंमा माइकिंग गरेकाे छ । घरभित्र रहेकाे सामान अग्लाे स्थानतर्फ सार्न आग्रह गरेकाे छ । पशु चाैपाया तथा मानिसलाइ सुरक्षित स्थानमा सार्न थालिएकाे विपद व्यवस्थापन समितिका अध्यक्ष कमल हरिजनले बताएका छन् ।

बचाउका लागि सुस्तामा लाइफ ज्याकेटकाे व्यवस्था गरिएकाे छ । मेगाफाेन, साइरन तथा आकस्मिक उपचारका लागि काेष समेतकाे व्यवस्थापन गरिएकाे विपद व्यवस्थापन समितिका सहजकर्ता मुन्सी हरिजनले जनाएका छन् ।

उता प्रतापपुर गाउंपालिका वडा नं ८ पिपरपाती गाउंका एक स्थानीयकाे घर भत्किएकाे छ । घर भत्किदा लत्ता कपडा लगायतका खाद्यान्न सामानमा क्षति पुगेपनि मानविय क्षति नभएकाे बताइएकाे छ । बद्रिघाटदेखि नरसहि जाेडने सडकमा रहेकाे पुल भत्किएपछि आवतजावत अवरुध भएकाे छ ।

   

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित