रंजित चौरसिया /वीरगंज १ असार ।
प्रदेश नम्बर २ को आठ वट्टै जिल्लाका घुमुवालाइ तानेर कारवाही गरेपनी रौतहट जिल्लामा घुमुवा सरह खटदै आएका एक सिपाहीलाई कारवाही गर्न सकिएको छैन्न । सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गणमा कार्यरत सशस्त्र प्रहरी जवान उमेश पन्डित घुमुवाको रूपमा खटिरहेपनी केही कारवाही नगर्नुले डिआइजी चन्द्र प्रकाश गौतमको इमान्दारिता माथी प्रश्ण चिन्ह खडा भएको हो ।
प्रदेश नम्बर २ को प्राय सबै जिल्लाबाट घुमुवा तानेर कारवाही गरिएपनी हालसम्म रौतहटको घुमुवालाइ नतान्नुले रौतहट जिल्लाबाट हुने अबैध क्रियाकलापको रकम माथिल्लो निकायसम्म भाग बन्डा हुने गरेको बारे प्रस्टयाउछ । रौतहटको विभिन्न नाकाबाट हुने अबैध क्रियाकलापबाट मासिक रूपमा सशस्त्र प्रहरीको नामले रकम उठने गरिन्छ, रकम उठाउनको निम्ति घुमुवा परिचालन गरिएको छ तर सशस्त्र प्रहरीको नामले चान्दा आतन्क मचेको बिषयमा डिआइजी चन्द्र प्रकाश गौतमलाइ जानकारी हुदा हुँदै मौन बस्नुले डिआइजी गौतम माथी नै प्रश्न चिन्ह खडा भएको छ ।
रौतहटको ब्रम्हपुरी, बन्जरहा, औरैया, महुलिया, रामपुर खाप, बंकुल नाका लागायतका नाकाहरुबाट भैसी पाडा, गोरु, कपडा, मदिरा, बोईलर कुखरा, चल्ला लायतका समानहरु अबैध तरिकाले आयात निर्यात भइरहेपनी सशस्त्र प्रहरी मौन रहेको छ । सशस्त्र प्रहरीका घुमुवा भन्दै खटिएका घुमुवा प्रहरी जवान उमेश पन्डितले तस्करीको रकमले गौरमा तिन तले भब्य भवन निर्माण गरेको प्रहरी श्रोतले जनाएको छ । अबपनी डिआइजी गौतम र माथिल्लो निकायको ध्यान पुग्ने हो कि होइन देख्न बाकी नै छ । ✍️✍️✍️✍️#Ran. Ch.#
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

