मिति २०७८ असार १ गते मंगलबार प्रदेश प्रहरी कार्यालय जन्कपुर र जिल्ला प्रहरी कार्यालय पर्साको सयुक्त प्रहरी टोलिले ६५ के.जि. अवैध लागू औषध गाजा सहितट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा जिल्ला मकवानपुर मनहरि गाउँपालिका वडा नम्बर ६ नयाँबस्ती बस्ने वर्ष ५१ कोट्रक चालक रामकुमार मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय पर्साले बताएको छ ।
बिशेष सुचना को अधारमा प्रहरीले महानगरपालिका, वडा नम्बर १८, भवानीपुरको सडकछेउ मा रोकिराखेको बा -०१-००६ ख १८२८ नम्बरको ट्रक को सिट मुनि लुकाई छिपाई राखेको ४ बन्डल लागू औषध गाजा ६५ केजि ट्रकको क्याबिनभित्र बाट चेकजाँच को क्रममा फेला परेको र हो ।साथै ट्रकका चालक राम कुमार मोक्तानलाई पनि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खनालले बताएका छन ।
पक्राउ परेको ट्रक र चालक राम कुमार मोक्तानलाइ लागुऔषध सम्बन्धी कसूरको अनुसन्धान भई रहेको पर्सा प्रहरीका प्रवक्ता खनालले बताएकाछ्न ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

