Rashtriya Dainik

लुम्बिनी प्रदेश स्तरीय ५ दिने जीवन उपयोगी सिप विकास तालिम

वुटवल/अर्जुन शाह
लुम्बिनी प्रदेश स्तरीय ५ दिने जीवन उपयोगी सिप विकास तालिम भर्चुअल माध्यमबाट हिजोबाट उदघाटन भएको छ ।
सिविन नेपाल द्वारा आयोजीत तालिममा लुम्बिनी प्रदेशका १२ जिल्लाका ३० जना बालबालिका र युवाको सहभागिता रहेको । वालवालिका तथा युवाहरुको जिवन उपयोगि सिप विकास गर्ने उदेश्य उक्त कार्यक्रम अध्यक्षतमा कार्यक्रम संयोजक निरिजना भट्ट ले गरेका थिए।
कार्यक्रमको पहिलो दिन आज अनलाइनमा हुने दुव्र्यवहार, सुरक्षा, रिपोर्टिङ तथा कानुनी व्यवस्थाको बारेमा बाल हेल्प लाइनका सञ्चालक सागर भण्डारीले प्रशिक्षण गराउनुभएको थियो भने आत्मजागरणवारे विमला तिवारी प्रभावकारी सञ्चारबारे भगवती श्रेष्ठ र अन्तरव्यक्तिसम्बन्ध र अनुभुतीबारे कार्यक्रम संयोजक निरिजना भट्टले सहजिकरण गर्नुभएको थियो ।
तालिम आगामी चार दिन सम्म चल्ने आयोजकले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित