Rashtriya Dainik

गोर्खाद्वारा नारायणी अस्पताललाई ३ थान भेन्टिलेटर हस्तान्तरण

अर्जुन शाह/ जेष्ठ ३०/विरगन्ज
पर्सा जिल्लाको बीरगञ्ज महानगपालिकामा रहेका नारायणी उप क्षेत्रीय अस्पताललाई ३ थान भेन्टिलेटर
गोर्खा सिमेट्रिज ट्रष्ट हङकङ र अभियन्ता युकेस राई र सञ्जय राइले उपलब्ध गराका हुन् गरिएको छ

भेन्टिलेटर अभावमा कोभिडका बेला धेरैले ज्यान गुमाएको भन्दै आउँदा दिनमा बिरामीले अकालमै ज्यान नगुमाउन भनेर अस्पताललाई ३ थान भेन्टिलेटर उपलब्ध गराका हुन् ।

नारायणी अस्पताल सामान्यदेखि कोभिड विरामी उपचार गर्ने थलो भएकाले अस्पतालमा आवश्यक रहेको स्वास्थ्य उपकरण भेन्टिलेटर उपलब्ध गराएको ट्रष्टले जनाएको छ ।

गोर्खा सिमेट्रिज ट्रष्ट नेपालका अध्यक्ष महेन्द्र कुमार राईले आज एक कार्यक्रमकाबीच अस्पतालका निमित्त मेडिकल सुपरिन्टेण्डेन्ट डा.विरेन्द्र बहादुर प्रधान र अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष पुरेन्द्र किशोर लाभलाई हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण कार्यक्रममा संस्थाका उपाध्यक्ष मणी कुमार सुनुवार, महासचिव भजान्नद राई,सचिव शान्ता माया परियार, कोषाध्यक्ष रञ्जु राई ,नेकपा एमाले पर्साका अध्यक्ष प्रभु हजरा,भुमि व्यवस्था समितिकि अध्यक्ष विना शर्मा, नेपाल खेलकुद महासंघका केन्द्रीय उपाध्यक्ष मानदेव हजरा, उप महासचिव शिवजी गुप्ता, सचिव विमल पौडेल, केन्द्रिय सदस्य अखिलेश साह नेकोस बिरगंज महानगरपालिका संयोजक जयाद अन्सारी लगायतको उपस्थिति रहेको युवा अभियन्ता तथा नेकोस सचिव रामकिशोर सिंह (पराग) ले जानकारी दिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित