Rashtriya Dainik

संवाद केन्द्रद्वारा मुठ्ठीदान संकलन , सरावल गाउँपालिकाद्वारा वितरण

महेश यादव / नवलपरासी / ३० जेष्ठ

पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा एविसि नेपाल द्धारा सञ्चालित संवाद केन्द्रहरुले मुठ्ठी दान कार्यक्रम सञ्चालन गरि संकलन गरेको रकम सरावल गाउँपालिकाद्धारा गरिब तथा विपन्न घरपरिवारहरुलाई बितरण गरिएको छ ।

सरावल गाउँपालिकामा एविसि नेपालद्धारा सञ्चालित १५ वटा संवाद केन्द्रका किशोर किशोरी र एनिमेटरहरुले मुठ्ठी दान कार्यक्रम सञ्चालन गरि संकलन गरेको रकम गरिब तथा विपन्न घरपरिवारहरुलाई वितरण गरिएको हाे ।

सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरी र उपाध्यक्ष उत्तमा रायकाे राेहबरमा गरिब तथा विपन्न घरपरिवारहरुलाई राहत स्वरूप रकम वितरण गरिएको हाे ।

दाेस्राे चरणको नयाँ भेरियन्टले गर्दा मानिसकाे जनजिवन लाई ठुलाे असर परेकाे र यश विषम परिस्थितिमा दैनिक ज्यालादारि गरि जीवन अापन गर्नलाई कठिन भएको यस अवस्थामा संवाद केन्द्रका किशोर किशोरीहरुले स्वस्थ्य सतर्कता अपनाई अाम जनसमुदायकाे सहयोगमा मुठ्ठी दान कार्यक्रम सञ्चालन गरि संकलन गरेकाे राहत समाग्रिबाट गरिव तथा विपन्न घरपरिवारहरुलाई एक छाक टार्न सहयोग पुग्ने अध्यक्ष चाैधरीले बताए । साथै एबिसि नेपाल र किशोर किशोरीहरुलाई धन्यवाद समेत दिएका थिए ।

सवाद केन्द्रले संकलन गरेको रकम १० घरका गरिव तथा विपन्न परिवारलाई ७ केजि चामल , २ केजि अालु, ११ गहु ,१ नुन केजि ,१ केजी भुजा लगायतका राहत सामाग्री अाईतवार सरावल गाउँपालिकाका गरिब तथा विपन्न घरपरिवारहरुलाई हस्तान्तरण गरिएको हाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित