अर्जुन शाह/जेष्ठ २९ /वीरगन्ज
पर्सा जिल्लाको बीरगञ्ज महानगरपालिका मा आवर संसार नेपाल द्वारा बालश्रम बिरुद्ध दिवस २०२१ को अवसरमा बाल हेल्पलाइन वीरगन्ज मा रहेका बाल बालिका संग विभिन्न कार्यक्रम गरी मनाइएको छ वीरगंज महानगरपालिका र आवर संसार नेपालको सहकार्यमा संचालित बालहेल्पाइन वीरगंज द्वारा विभिन्न जोखिमपूर्ण बालश्रम बाट उद्धार भइ सुरक्षित जिवन बिताइरहेका बालिकाहरुले तयार पारेको कलाहरू जसले बालश्रम गर्नु र गराउनु हुन्न भन्ने कुराको जानकारी गराउदै त्यस चित्र हरु को अवलोकन एवं बाल बालिकाहरुको हौसला प्रदान गर्ने उद्देश्यले आवर संसार नेपाल का अध्यक्ष मुकेश साह का अध्यक्षतमा भएको कार्यक्रममा प्रमूख अतिथीमा वीरगंज महानगरपालिकाको महिला, बाल बालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख रनजना पण्डित भने विषेश अतिथि गै.स.स. शाखा प्रमुख तथा वीरगंज महानगरपालिकाको बालमैत्री फोकल मुकेश गुप्ता सँग कोभिड को विषेश सुरक्षा व्यवस्था साथबालबालिका हरूलाई विभिन्न पुरस्कार एवं जानकारी मुलक खेल सामाग्रीहरू वितरण गर्दै विश्व बालश्रम विरुद्धको दिवस सम्पन्न भएको छ
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

